Play

आयल निगमले दसैं बिदामा निगमको डिपो खुला राख्ने

गुरुकुल खबर


काठमाडौँ — नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला राख्ने भएको छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको हो ।

निगमका अनुसार डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला हुनेछन् । त्यसका लागि कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

त्यस्तै, इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ । ‘पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीयको आवश्यकताअनुसार डिपोहरु खुल्ला राख्ने छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको उपलब्धतामा समस्या देखिए निगममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

१३ आश्विन २०७९, बिहीबार २२:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा