Play

पोखरा १५ मा प्रथम इको नेस्ट सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

गुरुकुल खबर


पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ, वडा ईकाइ १५ को अयोजनामा विहीबार प्रथम इको नेस्ट सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलले स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने मात्र नभई खेल मार्फत राष्ट्रको गौरव बढाउन सकिने बताए । उनले खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपुर्ण भुमिका खेल्ने चर्चा गरे ।

विशिष्ट अतिथि इको नेष्टका प्रोपाइटर राजु गौतमले मानवको शारीरिकसंग मात्र नभई बौद्धिक स्वास्थ्यसंग खेलको गहिरो सम्बन्ध हुने बताए । प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेका गौतमले खेलको नियमित अभ्यासले मनोवैज्ञानिक कौशलतामा निखर ल्याउने दावी गरे ।

नेपाली काँग्रेस कास्कीका महासमिति सदस्य ऋषि काफ्लेले फुटबल खेललाई मनोरञ्जनको रुपमा मात्र सिमित नपारी खेलकुदको विकासकालागि आवश्यक पुर्वाधारको विकास हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कोषाध्यक्ष ललित कुँवर, जसपाका केन्द्रीय सदस्य पानबहादुर घर्ती, नेपाली काँग्रेस पोखरा महानगरका सह सचिव सञ्जय आले, महिला संघ ईकाई १५ का विष्णुदेवी आचायै, भिमराज गौतम, मिनबहादुर गिरी, अम्बिका पराजुलीलगायतले सामाजिक र राजनीतिक जीवन जस्तै खेल जीवन मान्छेका लागि अपरिहार्य भएको आवश्यकता औल्याएका थिए ।

रेन्बो एकेडेमी होम्स वडा १५ को खेल मैदानमा संचालित उक्त प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । खेल असोज १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

७ आश्विन २०७९, शुक्रबार १७:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा