Play

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट स्वास्थ्यक्षेत्रका १९ जना पोखरामा सम्मानित

गुरुकुल खबर


पोखरा , स्वास्थ्य दर्पण मिडिया ग्रुपले आयोजना गर्दै आएको स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ बाट मंगलवार पोखरामा चिकित्सक सहित १९ जना लाई सम्मान गरिएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसर पारेर गण्डकी र लुम्बिनी प्रदेशलाई कार्यक्षेत्र बनाएका उनीहरुलाई सम्मान गरिएको हो ।अवार्डबाट १० जना चिकित्सक, तीनजना स्वास्थ्यकर्मी, तिनवटा स्वास्थ्य संस्था र दुई जना पत्रकारलाई सम्मान गरिएको हो ।

स्वास्थ्यक्षेत्र र स्वास्थ्य पत्रकारिता मार्फत योगदान दिने चिकित्सक, स्वास्थ्यकर्मी सहित पत्रकारहरुलाई सम्मान गर्ने क्रम अन्तर्गत यस पटक गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मी हरुलाई पोखरामा सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सम्मानित सबैलाई सम्मानपत्र प्रदान गरेका थिए

सम्मान प्राप्त गर्नेहरुमा डा श्रीकृष्ण श्रेष्ठ, डा शरद्चन्द्र बराल ,डा राम कुमार श्रेष्ठ, डा सन्तोष गुरुडं, डा बाल गोपाल कर्माचार्य , डा राजेन्द्र प्रसाद खनाल , डा जगन्नाथ तिवारी, स्वास्थ्यकर्मी कृष्ण पाण्डे , संगम बाबु श्रेष्ठ,कर्ण थकाली , स्वास्थ्य पत्रकार ऋषि खतिवडा र सुदन ज्ञवाली तथा स्वास्थ्य संस्थाहरु गौतम बुद्ध सामुदायिक अस्पताल बुटवल, न्युरो एण्ड अलाईड साईन्स भैरहवा , राष्ट्रिय मृगौला उपचार केन्द्र दमौली लगायतका रहेका छन ।

                                                                            

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विष्णु लामिछाने ,नेटवर्कका संरक्षक एवं वरिष्ठ पत्रकार किशोर नेपाल, वरिष्ठ मृगौला रोग बिशेषज्ञ प्रा डा.ऋषि कुमार काफ्ले, स्वास्थ्य व्यवसायी अर्जुन कुमार श्रेष्ठ , वरिष्ठ चिकित्सक डा बुद्धी बहादुर थापा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति एवं नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वर्तमान अध्यक्ष बिमला भण्डारी , डा शरद चन्द्र बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्री लगायतले स्वास्थ्य क्षेत्रका समस्या र त्यस क्षेत्रमा भैरहेको सुधारको बारेमा चर्चा गरेका थिए ।

४ आश्विन २०७९, मंगलवार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा