Play

नयाँ समिति गठनसंगै लोकतान्त्रिक तमु संघको सम्मेलन सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनले बेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
गठित समितिको  महासचिवमा हुमबहादुर गुरुङ रहेका छन् भने गण्डकी प्रदेशबाट उपाध्यक्षमा स्याङ्जाका हुमबहादुर गुरुङ निर्वाचित बनेका छन् ।

सात प्रदेशको अन्य उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश नं.१ र मधेश प्रदेशबाट चक्रबहादुर गुरुङ, लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ प्रवास बेल्जियम, महिला उपाध्यक्षहरुमा कास्कीबाट गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ र मुस्ताङबाट शर्मिला गुरुङ निर्वाचित भएका छन् ।

समितिको सचिवहरुमा कास्कीका सुरेन्द्र गुरुङ, स्याङ्जाका ओमबहादुर गुरुङ, लमजुङंका सुर्यप्रसाद गुरुङ, तनहुँका सुर्यबहादुर गुरुङ, बाग्मतीका खगेन्द्र मेघी गुरुङ, सिताराम गुरुङ प्रदेश नं. १ र मधेश प्रदेश निर्वाचित भएका छन् । सहसचिवमा बाग्मतीका शम्भु गुरुङ, कोषाध्यक्षमा कास्कीका बैनबहादुर गुरुङ, र सहकोषाध्यक्षमा बाग्मतीका देवकुमारी गुरुङ चयन भएका छन् ।

यसैगरी लेखा आयोगको अध्यक्षमा कास्कीका बिष्णुकुमार गुरुङ, अनुशासन आयोगको अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत चयन भएका छन् ।
यसरी नै सदस्यहरुमा प्रवासबाट बिजयकुमार गुरुङ पुर्वी एशिया, हङकङ, बिनय गुरुङ पुर्वी एशिया जापान, कृष्ण गुरुङ अमेरिकी, शिवजंङ गुरुङ युएई, रामचन्द्र गुरुङ यूके, मुक्त गुरुङ स्पेन र निलम अमेरिका रहेका छन् ।

सदस्यहमा स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लिलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ,चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, एक्काजंग गुरुङ, सुु.मे.जसबहादुर गुरुङ, सु.मे.नौबहादुर गुरुङ रहेका छन् ।


यसैगरी तनहुँबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भिमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सुचना गुरुङ, लालकुमारी गुरुङ, सुर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ गजेन्द्र, सन्तोष गुरुङ, विरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ, नवलपुरबाट आशिफ गुरुङ९सञ्चारकर्मी०, नवलपरासीबाट विष्णु गुरुङ लगायत रहेको निर्वाचन समितिका संयोजक शिवकुमार गुरुङले जानकारी दिए ।

नवनिर्वाचित समितिलाई नेकपा एमालेका स्थायी समिति सदस्य, नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष किरण गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपा एमालेका महासचिव पृथ्वी सुब्बा गुरुङले प्रमुख अतिथिको मन्तव्य दिदै तमुहरु राजनीतिक मुलधारमा जुट्नुपर्नेमा जोड दिएका थिए ।

 

 

३० भाद्र २०७९, बिहीबार १२:५५ मा प्रकाशित
Nabintech