Play

दशैंका लागि नयाँ नोट साट्न सुरु

गुरुकुल खबर


पोखरा । नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्न सुरु गरेको छ ।

दशैंतिहार तथा छठलाई लक्षित गरेर नयाँ नोट साट्ने व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरेको हो।

सर्वसाधारणले एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउनेछन् । यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न गएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ ।

३० भाद्र २०७९, बिहीबार ०९:०६ मा प्रकाशित
Nabintech