Play

कास्कीबाट नवौं राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङका खेलाडी छनोट

गुरुकुल खबर


पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् ।

जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस कन्ट्रितर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् । सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

त्यसैगरी मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्टमा विष्णु गौतम बैकल्पिकका रुपमा रहेका छन् ।

यता महिलातर्फको क्रस कन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहेका छन् ।

छनोट भएका खेलाडीहरुले भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोटमा सहभागिता जनाउने जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जनाएका छन् ।

१२ भाद्र २०७९, आईतवार १२:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा