Play

गोरखाको मनकामना मन्दिरबाट फर्किंदै गरेको गाडी दुर्घटना: सात जनाको मृत्यु, आठ जना घाइते

गुरुकुल खबर


पोखरा,  गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको गाडी दुर्घटनामा परेर ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।  सहिद लखन थापा गाउँपालिका- ३ कनटारमा भएको दुर्घटनामा अन्य ८ जना घाइते भएको बताइएको छ ।

घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो । उद्धार गरिएका ८ जनामध्ये ७ जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । अन्य घाइतेको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

उक्त दुर्घटना शनिबार बेलुका करिब ८ बजे भएको हो । दुर्घटनामा परेको ईभी गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको उद्वार टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ‘बाटो बन्दै गरेको र ढलान पनि त्यस्तै छ, बाटो निकै ठाडो र अप्ठ्यारो छ,’ वडाध्यक्ष पाण्डेले भने, ‘त्यसमाथि पानी पनि परिरहेको छ, ब्रेक नलागेर गाडी खसेजस्तो लाग्छ ।’ नियमित रुट बाहिरको गाडी भएका कारण चालकलाई बाटोबारे राम्रो ज्ञान नहुँदा पनि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

१ चैत्र २०८२, आईतवार ००:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा