Play

एमालेका नेता एबम पोखराका पुर्व मेयर थापाको अन्त्येष्टि: पोखरा महानगर मातहतका कार्यालय आइतबार बन्द रहने

गुरुकुल खबर


पोखरा, नेकपा एमाले कास्की क्षेत्र न. १ को चुनाबी समिक्षा बैठकको क्रममा हर्ट ट्याकका कारण निधन भएका एमाले केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको अन्त्येष्टि शनिबार गरिएको छ। गत बिहिबार दिउँसो एमालेको समिक्षा बैठकमा अचानक बिरामी परेपछि तत्काल मणिपाल शिक्षण अस्पतालमा लागिएको थियो तर डाक्टरले उनको मृत्यु भैसकेको जानकारी दिएका थिए । २०१६ साल चैत्र १६ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापा पोखराका पुर्व मेयर एबम गण्डकी प्रदेशका पुर्व सांसद समेत हुन।

एमाले नेता थापा यस अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा पोखरा महानगरको मेयर पदमा चुनाब लडेका थिए। तर उनि पराजित बन्न पुगेका थिए यस पटक पार्टीको केन्द्रिय सचिबालय बैठकले उनलाई कास्की -२ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्ष तर्फको उमेदवार बनाउने निर्णय गरेको भएपनि अन्तिम अबस्थामा रश्मी आचार्यको नाममा टिकट आएपछि उनि केहि चिन्तित बनेका थिए ।

निर्बाचनको क्रममा एमालेको प्रभाव क्षेत्र मानिने कास्की जिल्लामा पनि नराम्रो पराजय भोग्नुपरेपछि एमाले नेता थापा चिन्तित बनेका थिए। उनले पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी हुँदा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताउंदै आएका थिए। तर पार्टीको बैठकमा समेत यस्तै कुरा बोलिसकेपछि उनलाई हृदयघात भएको र पार्टी कार्यालयबाट ९ मिनेटमै अस्पताल पुर्‍याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।

अध्ययनको शिलशिलामा बेंगलोरमा रहेका स्वर्गीय थापाका छोरा प्रतिक र बेलायतमा रहेका उनका भाई  मोहन शुक्रबार नेपाल आइपुगेपछि आज  (शनिबार)  उनको अन्त्येष्टि गरिएको हो । एमाले नेता थापाको अन्त्येष्टि पुर्व अन्तिम श्रद्दान्जली प्रकट गर्न नेकपा एमालेको बिभिन्न तहका नेता कार्यकर्ताहरुको साथै अन्य राजनीतिक दल र बिभिन्न तहका जनप्रतिनिधिहरु समेत पुगेका थिए उनको शब शनिबार बिहान अन्तिम श्रद्दान्जलीको लागि नेकपा एमाले कास्कीको कार्यालय अगाडी राखिएको थियो ।

एमाले नेता थापा पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत राजनीतिमा सक्रिय रहेको कारण तत्कालिन पञ्चायती सरकारले ‘अराष्ट्रिय तत्त्व’ भन्दै पक्राउ गरेर जेल हालेको थियो । ०४३ मंसिरमा पक्राउ परेका उनले कास्की कारागारमा करिब साढे दुई बर्ष जेलजीवन बिताएको बताइन्छ । उनि कास्कीको जेलमा रहंदा झापा विद्रोहका तत्कालिन नेता केपी शर्मा ओली पनि सोहि जेलमा रहेको बुझिएको छ।

तत्कालीन नेकपा (माले)को संस्थापक सदस्यको रूपमा २०३५/०३६ मा नै थापा नेकपा (माले) र अनेरास्ववियुको हिसाबले एकताको पाँचौँको सम्पर्कमा आएको र त्यसपछि राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका थिए । २०४३ सालमा भएको निर्वाचनमा एमालेका अर्का नेता सोमनाथ अधिकारी जनपक्षीय उमेदवार बन्दा थापा चुनावी कमान्डर रहेका थिए ।

उनले २०५४ सालमा तत्कालिन पोखरा नगरको मेयरमा निर्बाचित थापाले ०५९ सालसम्म पोखराको मेयर भएर काम गरेका थिए । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कास्की–२ बाट उमेदवार बनेको भएपनि उनी पराजित हुन् पुगे । तर, ०७४ को निर्वाचनमा कास्की–२ ‘क’बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर २०७९ सालमा उनी पोखरा महानगरपालिकाको मेयर पदको उमेदवार बनेका थिए। उक्त चुनावमा पनि थापाले जित हासिल गर्न सकेका थिएनन।

स्व. थापाप्रति श्रद्धाञ्जलीका निम्ति पोखरा आइपुगेका नेकपा एमालेका उपाध्यक्ष एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्व. थापाको शरीरमा पार्टीको झन्डा ओढाउँदै पार्टीले एक असल योद्धा गुमाएको बताए । थापाले कास्कीमा मात्र नभएर लमजुङमा समेत पार्टी निर्माण गर्न महत्त्वपूर्ण योगदान दिएको स्मरण गर्दै गुरुंगले पोखरा र पार्टीका निम्ति थापाको योगदान सदैब स्मरणीय रहेको बताए ।

गण्डकी एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले थापाको निधनलाई असहनीय र अविश्वसनीय घटनाको रुपमा लिंदै नेपाली कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताए “उहाँ जसरी बाँच्नुभयो, क्रियाशील भएर नै निष्ठापूर्वक अगाडि बढ्नुभयो ।” थापाले लामो समय नगर र जिल्लामा काम गरेको गुरुङले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले थापा पार्टीको मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनको साझा नेता रहेको बताए । उनले थापा ०३६ सालदेखि नै परिवर्तनका आन्दोलनमा सधैँ सहभागी भएका र आफूले सहकार्य गरेको सम्झिए । पार्टी र परिवारलाई मात्र होइन, मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनको योद्धा गुमाउन पुगेको भन्दै केसीले चिन्ता प्रकट गरे।

आइतबार पोखरा महानगरपालिका मातहतका कार्यालय बन्द रहने 

यसैबीच, पोखराका पूर्व नगर प्रमुख कृष्णबहादुर थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो।

महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ। सूचना अनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।

महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।

३० फाल्गुन २०८२, शनिबार १९:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा