Play

विश्वभर धुम्रपान गर्नेको संख्या १ अरब ३० करोड, चिनमा मात्र ३० करोड

गुरुकुल खबर


काठमान्डौ ।धूमपानका विभिन्न नकारात्मक असरबारे जानकार हुदाँहुँदै पनि मानिसहरू यो घातक धुवाँ उडाइरहेका हुन्छन् । खराब हो भन्ने थाहा भएर पनि धूमपानलाई किन हल्का रूपमा लिएका होलान् विभिन्न अध्ययनले देखाएअनुसार धूमपान गर्नेहरू पनि एकपटक यो कुलतबारे सोच्न बाध्य हुन सक्छ । विश्व धूमपानविरुद्धको दिवसको अवसरमा यससम्बन्धी भयावह तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर करिब एक अर्ब ३० करोडभन्दा बढी मानिस धूमपान गर्छन् ।विश्वमा सबैभन्दा धेरै चुरोट खाने मानिस भएको मुलुक चीनमा हो । चीन करिब ३० करोड मानिसले धूमपान गर्छन् । विश्वमा प्रयोग हुने प्रत्येक तीन चुरोटमा एक चुरोट चिनियाँ नागरिकले गर्छन् ।

चीनमा बर्सेनि १७ खर्ब अर्थात् प्रत्येक मिनेट ३० करोड खिली चुरोट खपत हुन्छ ।विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सुर्तीजन्य सामग्रीको प्रयोगले बर्सेनि ८० लाख मानिसले ज्यान गुमाउँछन् । यसको अर्थ हो, प्रत्येक पाँच सेकेन्डमा एकजना मानिस धूमपानसम्बन्धी रोगका कारण मर्छन्, जुन एचआइभी, क्षयरोग र मलेरिया रोगका कारण हुने कुल मृत्युुभन्दा १० लाख बढी हो ।

धूमपानका कारण हुने ८० लाख मृत्युमध्ये १२ लाख चुरोट खाने मानिससँग धेरै समय बिताउने नजिकका आफन्त वा परिचित हुन्छन् । प्यासिभ स्मोकर भनिने यी मानिस धूम्रमान नगरे पनि चुरोटको गम्भीर असरमा पर्छन् ।अमेरिकन क्यान्सर सोसाइटीका अनुसार धूमपान गर्ने मानिस नगर्ने मानिसभन्दा औसत १३ वर्षअघि मर्छन् ।धूमपानले शरीरका हरेक अंगमा असर पु(याउँछ ।

क्यान्सर, मुटु रोग, बाथ, छातीको रोग, मधुमेह र आँखाका केही रोग यसका परिचित असर हुन् । चुरोट धेरै खानेलाई फोक्सोको क्यान्सर हुने धेरैलाई थाहा छ, तर यसबाट शरीरका अन्य अंगमा पनि क्यान्सर हुने गर्छ । यसले मुख, रगत, बोनम्यारो, पाठेघर, एसोफेगस, ल्यारिक्स, सानो आन्द्रा, मिर्गौला, कलेजो, प्यान्क्रियाज, गुदद्वार, पेट, पिसाब थैली र घाँटीमा क्यान्सर गराउँछ ।धूमपानले मुटु रोग तथा स्ट्रोकको जोखिम पनि बढाउँछ ।विश्वभरका सरकारले चुरोट र सुर्तीमा लगाएको करबाट अर्बौँ कमाउँछन् । सन् २०१९ मा अमेरिकाले सुर्ती करमार्फत २७।३ अर्ब डलर संकलन गरेको थियो ।

सुर्तीजन्य पदार्थमा लागेको कर रकम झट्ट हेर्दा ठूलो लागे पनि चुरोटले निम्त्याउने जनस्वास्थ्य खर्च त्योभन्दा धेरै छ । अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार धूमपानबाट लाग्ने रोगको उपचारमा सन् २०२० मा अमेरिकी नागरिकले करिब एक खर्ब ७० अर्ब डलर खर्च गरे । त्यसबाहेक धूमपानका कारण जनशक्ति अस्वस्थता तथा अल्पायुमै भएको मृत्युबाट उत्पादकत्वमा एक खर्ब ५६ अर्ब डलरभन्दा क्षति पुगेको थियो ।

धूमपानले विपन्नहरूलाई बढी प्रभावित बनाउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ८० प्रतिशत चुरोट खाने मानिस न्युन तथा मध्यम आय भएको मुलुकमा बसोवास गर्छन् । धनी देशका पनि विपन्न जनसंख्यामा चुरोट खाने दर बढी छ ।सामान्य चुरोटमा ६ देखि ९ ग्राम निकोटिन हुन्छ, तर चुरोट जल्दा केही हिस्सा उडेर जाने भएकाले एउटा चुरोट खाँदा व्यक्तिले एकदेखि दुई ग्राम निकोटिन निलिरहेको हुन्छ, जसमध्ये ०।०३ मिलिग्राम निकोटिन रक्तधारमा सोसिन्छ । वैज्ञानिकका अनुसार पाँचवटा चुरोटमा प्रयोग हुने निकोटिन कुनै व्यक्तिले एकैपटक खायो भने उसको ज्यान जान्छ ।

अमेरिकाको नेसनल इस्टिच्युट अफ हेल्थअन्तर्गतको नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार चुरोटमा ७००० भन्दा बढी केमिकल हुन्छन्  २५० केमिकल पूर्णतः हानिरहित हुन्छन् । तर, करिब ६९ केमिकल क्यान्सर गराउने भनेर पहिचान भएका छन् र तीमध्ये पनि १६ केमिकल त क्यान्सर गराउने भनेर वर्गीकृत समूह १ मा पर्छन्।चुरोटमा पाइने बेन्जिन बोनम्यारोको रक्तक्यान्सरको प्रमुख कारण हो ।यसबोहक पनि चुरोटमा रेडियोधर्मी सिसा, पोलोनियम र हाइड्रोजन साइनाइट पनि हुन्छ ।

दोस्रो विश्वयुद्धमा आमनरसंहारका लागि हाइड्रोजन साइनाइट प्रयोग गरिएको थियो ।

– एजेन्सी

११ भाद्र २०७९, शनिबार ०७:३५ मा प्रकाशित
Nabintech