Play

गोसाईं कुण्डको साहसिक र रोमान्चक पदयात्रा – दया बराल

गुरुकुल खबर


२०४५ सालमा घान्द्रुकको पदयात्रा पछि लामो पद यात्रा नगरेको पनि धेरै भइसकेको थियो फेरि पनि कतै जान मन थियो तर जाने मौका मिलेको थिएन। हुनत पोहोर साल शिवपुरी राष्ट्रिय निकुन्ज एक दिनको यात्रामा गएकी थिएँ त्यो निकै रोमान्चक लागेको थियो। संयोग भनौं ज्ञानोदय स्कुलले साहसिक यात्रा गोसाइँकुण्ड जाने प्रस्ताब राख्यो म खुशीले पुलकित भएँ ।घरमा बुढोसंग प्रस्ताब राखेँ परिवार सबै जान पाइन्छ जाऔं भनेर उहाँले खुट्टा दुखेको छ, छोरी मान्छिन भने छोरीलाई लैजाउ भन्नू भयो ।छोरीले पनि तुरुन्तै स्वीकार गरिन तर उनको दुर्भाग्य कलेजको काम परेर जान नपाउने भइछन्।अनि म मात्रै जाने भएँ।

२०७९ /४/२५ विहान सबेरै हाम्रो ज्ञानोदयको जम्बो टोलि ज्ञानोदयमा जम्मा भएर गन्तब्यमा लाग्यौं।काठमान्डुबाट नौबिसे हुँदै गल्छी भएर त्यो रमणिय प्राकृतिक छटाको अवलोकन गर्दै रमाउदैं जाँदै थियौं वेत्रावती देखि अलिक माथि, अघिल्लो दिनको भिषण बर्षाको कारणले पहिरो गएर बाटो नै बगाएर लगेछ र हाम्रो यात्रामा कठिनाइ देखापर्यो तर अलिक हिडेर माथी धारापानी सम्म उक्लयौं अनि अर्को बसमा चढेर उभिएरै भए पनि फेरि गन्तव्य यात्रामा लागिपर्यौं।हाम्रो टोलि जम्बो थियो त्यसैले एउटै बसमाअटेका थिएनौं।

हामी स्याब्रुबेशीमा पुगेर र्साथिहरुलाइ पर्खिन लाग्यौं।स्यार्बुर्बेशी चिलिमे हाइड्रोपावर नजिक रहेको सानो बजार रहेछ शहर उन्मुख सबै सुबिधाको खोजिमा। साथिहरु आएपछी करिब आठ बजे तिर हामिहरु ठूलो स्याब्रुर्तिर उकालो लागियो बर्षाको बेला पानी परिहाल्यो र हामी ओढो खोजखाज गरि त्यो ठाडो उकालो लागिरहयौं।बेलाबेला जुका टासिंएर हाम्रो सातो लान्थ्यो पूर्णिमाको रात भए पनि औंशिको जस्तो निस्पट अध्यारो थियो हामी सबैको हातमा कि मोबाइल कि टर्चको उज्यालो थियो पानीपरेकोले हाम्रो ध्यान बाटोमै थियो नौलो बाटो कतै चिप्लेर लडिनेपो होकि भनेर ।

बेला बेला साथिहरु बोलेको ,हांसेको अनि जुका देखेर चिच्याएको सुन्न पाइन्थ्यो।भन्न त जम्मा दुई घन्टाको बाटो हो भन्थे तर हामी रातको बार्ह बजे मात्र ठूलो स्यार्पुको होटेल लाङटाङ पुग्यौं।हाम्रो टोलि ठूलो भएकोले संगैको याक होटेलमा पनि हामी बस्नु पर्ने भयो।हामी पुग्दा खाना तयार थियो हामी खाइओरी सुत्ने तिर लाग्यौं।त्यस्तो ठाउँमा पनि सुबिधा सम्पन्न होटेल बनेको देखेर हामी चकित थियौं।

भोलि बिहान नास्ता गरेर आठबजेतिर हामी गोसाइँकुण्ड को यात्रामा लाग्यौं।रसुवा जिल्ला प्राकृतिक स्रोतले भरिपुर्ण रहेछ उत्तर तर्फ सेता दाँत देखाएर हाम्रो स्वागतमा लाङटाङ र गणेश हिमाल हाँसिराखेका थिए।म पोखरेलि लाई हिमाल देख्नु कुनै नौलो कुरो त थिएन किनकी हाम्रो घरको कोठाबाट माछापुच्छ्रे ,अन्नपूर्ण हिमाल प्रष्ट देखिन्छ।पहाडको उकाली ओराली को बाटो ,मनोरम प्राकृतिक सौर्न्दर्य लाई रस्वासादन गर्दै हामी अघि बढी रहयौं ।

ससाना रुख विरुवा देखि सल्ला सङ मिसिएको लाली गुराँसको बन ,निलो आकाश कहिले काहीं पानी बोकेर हिड्ने कालो बादल ,कहिले सिमसिमे देखि दर्के पानीसंग साउती मार्दै स्याउ वारि, मुखर्क हुँदै हामी करिब दुई बजे तिर भोको पेट संगै चोलाङ पाटि पुग्यौं र त्यहाँ को होटेलमा खाना खान बसियो हामी भन्दा छिटो हिड्ने साथिहरु खाइओरी थकाइ पनि मारी सकेका थिए।उनिहरु लौरी बिनाको उकालो लाग्ने तयारिमा थिए भने हामी ढिलो हिड्ने हरुले घोडा पाए घोडामा जाने सोच बनाउन थाल्यौं ।

कति साथिहरु त कुनै हालत पनि आज नउक्लने भोलि सबेरै नै उकालो लाग्ने शुर कसेका रहेछन भने कोहि कोहि त घोडामा गै सकेका थिए। कालो बादल मडारिएर ठूलो पानी पर्न लाग्यो।हामी छ सात जनाजती को एउटा डफ्फा घोडा को मोल मोलाइ मा लाग्यौं।एकजना मेडम ले त शुरुमै पाएर निस्की हाल्नु भो हामी भने अलिक माथी उक्लेपछी बल्ल घोडा पायौं र उक्लिन लाग्यौं ।

करिब तीन घन्टाको बाटो डेढ घन्टामा पुर्याउदो रहेछ बौद्ध मन्दिर सम्म। मेरो घोडचढी को अनुभव पहिलो थियो त्यसमा बस्दा पनि विचार पुर्याउनु पर्दो रहेछ त्यहीँ पनि पानी परेर सास्ती पाइयो।करिब सात बजे तिर हामी बौद्ध मन्दिर पुगेर घोडालाइ बिदा गरियो।हामी पुग्दा त हिडेर जाने साथिहरु पुगिसकेका रहेछन उनिहरु संग भेट भयो अनि गोसाइँकुण्ड तर्फ फेरि हानियौं ।

माथी पुगेपछी तेर्सो छ,उकाली ओरालि छैन भन्दा त ज्ञानोदय जाने जस्तै बाटो होला भनेको त केको हुन्थ्यो ठाडै नभाको मात्रै रहेछ हिंड्यो हिंड्यो आउदैन पूर्णिमाको अघिल्लो रात पनि कालो बादल र बर्षाले अन्धकार थियो हामी कसैको हातमा टर्च कि मोबाइल को उज्यालो थियो साथमा साथीहरूको आवाज अनि झ्याउँकिरिको पनि।गोसाइँकुण्डमा हाम्रो होटेल बूक थियो त्यसैले होटेलको उज्यालो कतिबेला देखिन्छ भन्दै घाँटी तन्काइ तन्काइ पर क्षितिज तिर हेर्थ्यौं।लगभग दुई घन्टा हिंडे पछि करिब नौ बजे तिर बल्ल बल्ल होटेल आइपुग्यो ।

हामी पानीले निथ्रुक्क भिजेका थियौं कोहि साथिहरु अघिनै पुगिसक्नु भएको रहेछ कसैलाइ लेक लागेर गार्हो भएको रहेछ हामी सङै आउने केही साथिहरुलाइ पनि गार्होगार्हो भएको थियो।धेरै उचाई भएर र भिजेर पनि होला हामी जाडोले कामी रहेका थियौं ।धन्न एउटा मोटो जाकेट लगेकोले बचायो।कति साथिहरुको त झोला समेत भिजेर लगाउने लुगा पनि नभएको अवस्था थियो।भोलि बिहान सवेरै उठेर गोसाइँकुण्डमा डुबुल्की लगाउन सकिँदैन होला मुख मात्र धोएर फर्कनु पर्ला भन्ने सोच्दासोच्दै कति बेला निदाएछु पत्तै पाइएन।

विहान उठे पछि जिउमा एक किसिमको उर्जा थपिएको थियो हामी फेर्ने लुगा र पूजा गर्ने सामग्री बोकेर कुण्ड तर्फ लाग्यौं।त्यो पबित्र कुन्डमा सात डुबुल्की लगाएँ अनि पुजाको लागि माथी उक्लन लागियो ।एउटा पनि बिरुवा ,रुख ,पात केही थिएन मात्र विशाल चट्टानबाट पानीको छहरा फुटेको देखेर हामी प्रकृतिको लिलासंग चकित भयौं। त्यही पानी जम्मा भएर कुन्ड बनेको रहेछ।कुन्डको पानी निलो थियो, किवंदन्तिको याद आयो।समुन्द्र मन्थन गर्दा निस्केको बिष पिउँदा शिवजिले त्यसको डाहा खप्न नसकेर ढुङ्गाको कापमा त्रिशुल गाढेर पानी निकालेर त्यही पबित्र जल खाएर शितल भएपछि त्यहीँ विश्राम गरेका थिए रे।

त्यसैले शिवजि पानीमा शुकला गरेको आकृती देखिन्छ रे भन्दा रहेछ्न।हामी पनि देखिन्छ कि भनेर माथी उक्ल्यौं र बिस्तारै कुन्डमा घाम पर्दै जाँदा इन्द्रेणी परे जस्तो भयो अनि शिवजी पानीमा सुतेको जस्तो आकृती लाग्न थाल्यो साँच्ची त्यो आकृती थियो कि हाम्रो दिमाग मा परेको भान थियो होला?गोसाइँकुण्ड (शिव कुन्ड) नजिकै अरु पाँचकुन्ड रहेछ तर हामी मुख्य कुन्डमा मात्र स्नान गर्यौं तर अरु कुन्न्ड्को दृश्यावोलकन गर्यौं।

बिगत दुई तीन बर्ष देखि कोरोनाको कारणले रोकिएको गोसाइँकुण्ड पदयात्रा यो बर्ष खुलेको ले लाखौं मान्छेको उपस्थिती थियो।कोहि फर्कदैं थिए त कोहि जाँदै थिए।हामी पनि दर्शन सकाएर त्यहाँको रौनक एक छिन नियालेर रक्षा बन्धन बाँध्ने पन्डित खोज्न लाग्यौं र भेटयौं पनि रक्षा बन्धन बाँधेर होटेल तर्फ लाग्यौं । त्यहाँ नास्ता खाएर हाम्रो फर्कने कार्यक्रम थियो।छिटो छिटो नास्ता खाएर हामी फर्क्यौं हिजो राती हिडेको बाटो फर्कदाँ सबै प्राकृतिक सौर्न्दर्य हेर्दै फोटो खिच्दै कतै उकालो त धेरै ओरालो नै झर्दै मनमा गोसाइँकुण्ड (४३८०मि) बोकि बौद्ध मन्दिर (४१००मि) लौरिबिना(३९००मि) हुँदै चोलाङ्पाटी( ३५५०मि) आइपुग्यौं।

त्यहाँ खाना खाएर फेरि पहिल्यैको रुट स्याब्रु तिर लाग्यौं।धुन्चे तिरको बाटोमा मान्छेको लस्कर जन्ती जस्तै थियो भने हामी हिड्ने बाटोमा चरो मुसो केही देखेनौं।काहीं काहीं लङुरे बाँदर, गाई ,बाख्रा र केही स्थनियबासी देख्न पाइयो।कोहि छिटो हिड्ने कोहि ठिक्क हिड्ने त कोहि ढिलो हिड्ने टोलि बन्न लाग्यो र हामी बिचका परेछौं ।हिड्दै थियौं मेरो दाहिने खुट्टा त के भयो भयो पाइलै सार्न सकेन।डिएफो जेल लगाएको केही भएन धन्न माया मेडमको ज्वाइँले मूव स्प्रे बोक्नु भाको रहेछ त्यो बेलाबेला स्प्रे गर्दै बिस्तार बिस्तार हिडियो।हामी छ बजेनै होटेल पुगेर विश्राम गर्ने सोचेका थियौं तर भयो अर्कै।एक्कासि अँध्यारो भयो हामिले बाटो त बिराएछौं।

होटेल जानू पर्नेमा बस्ती तिर पसेछौं।साथिहरुलाइ बोलायौं उहाँहरुले गाइड पठाइन्जेल एक जना बुढी आमाको मा बसेर चिया खान थाल्यौं।गाइड्ले अर्को मान्छे पठाएछ हामी उसै संग होटेल तर्फ लाग्यौं।सडक खन्ने क्रममा रहेछ ग्राबेल पनि नगरेको तर चौडा बाटोबाट हामि होटेल पुग्यौं।गाउँको बाटो त्यो पनि माझ बर्षा ,रातो माटो चिप्लो बाटो लड्दै पड्दै भगवान सगं जति गार्हो भए पनि कसैलाइ चोटपटक नलागोस खुट्टामा केही समस्या नपरोस भन्दै हिडेंका थियौं।

होटेल आएर सोलारको तातो पानीले हात खुट्टा धोएर फ्रेस भएर खाना खाइओरी सुतियो।

अट्ठाइस गते बिहान त धेरी समय सम्म सुतिएछ साथिहरुको फोन आएपछि छिटो छिटो तयार भएर तल झर्यौं।खुट्टा ले ओरालो हिड्न मानिरहेको थिएन अब त घर फर्किने हो भनी फकाइ फकाइ बिस्तारै झर्यौं।त्यहाँ गणेश हिमाल र लाङटाङ हिमाललाइ क्यामेरा मा सामुहिक फोटो सगैं कैद गरेर हामी स्याब्रुबेशी तिर लाग्यौं।स्याब्रुबेशी नपुग्दै अलिक वर नै हाम्रो बस आइपुगेको रहेछ बस देखेपछी त कति खुशी भयौं की ललिपप देख्दा बच्चा खुशी भए झैं लाग्यो।

बस चढे पछि हाम्रो पद यात्रा सकियो अब बस यात्रा शुरु भयो।रसुवामा पानीको मुलै मुल (रस) भएकोले रसुवा नामाकरण गरेको रहेछ कि जस्तो लाग्यो फर्कदाँ पहिरो छलेर आइयो त्यो बाटोमा त त्रिशुली, मैलुङ खोला जस्ता धेरै हाइड्रोपावर को बाटो भएर फर्किनु पर्दो रहेछ ।बाटोमा त छहरा सानो देखि ठुला सम्म पचासौं थिए होलान।किशोर किशोरी जस्तै एउटा छहरा आयो भने चिच्याउने फोटो भिडियो खिच्ने मिलि हाले तलै झर्ने गर्दा गर्दै नुवाकोटको बिदुर ,देबिघाट हुँदै गल्छी आइपुग्यो।

अब त चिनेको बाटो कुनै नयापन लागेन यसो पल्टेको त निदाएछु साथीहरु कराएको आवाजले बिउँझिए उहाँहरु नागढुँगा भन्दै हुनुहुन्थ्यो बाहिर हेरेको त नभन्दै हो रहेछ।मेरो घर त नैकाप नजिक भएकोले छिटै झर्नु पर्थ्यो सामान मिलाउने जुत्ता मोजा लगाउने गर्न थालें गुर्जुधारामा प्रकाश सरको टोलि झर्यो अनि त मेरो पालो थियो अनि संगै अरु पनि झर्ने हुनुहुदो रहेछ मेरो स्ट्पमा।आखिर गोसाइँकुण्डको यात्रा सकेर खुशी मन र थाकेको तन लिएर घर पुगियो।

यसरी रोमान्चक तिर्थाटन सकियो।गोसाइँकुण्ड बाबाले हामी सबैको कल्याण गरून्।

७ भाद्र २०७९, मंगलवार २३:४४ मा प्रकाशित
तपाइको प्रतिक्रिया दिनुहोस् :
Nabintech