Play

अध्यक्ष लम्सालमाथि दुर्व्यवहार गरेको भन्दै प्रेस युनियनको आपत्ति

गुरुकुल खबर


काठमाडौँ – नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले अध्यक्ष शिव लम्सालमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । युनियनले बिहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष लम्सालमाथि ट्राफिक प्रहरीले मानमर्दन हुने गरी घरमै गएर दुर्व्यहार गरेको भन्दै खेद व्यक्त गरेको हो ।

युनियनका अध्यक्ष लम्साललाई साउन ३१ गते साँझ नयाँ बानेश्वरस्थित उनकै निजी निवासमा पुगेर ट्राफिक प्रहरीले नियोजित रुपमा दुर्व्यहार गरेको युनियनको भनाई छ । युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘लम्सालको घर नजिकै रेस्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधानले सडकमा पुर्याएको अवरोध हटाउँदा रेस्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो ।’

यस्तै युनियनले लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हनन् गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर दुर्व्यवहार गरिएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ ।

२ भाद्र २०७९, बिहीबार १८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा