Play

रुपाकोट रिसोर्टबाट निकालिएका थापालाई ५ लाख क्षतिपूर्ति

गुरुकुल खबर


नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको पहलमा कास्कीको रुपाकोट रिसोर्टबाट निकालिएका एक श्रमिकले आंफुले दावी गरे अनुसारको केही रक़म प्राप्त गरेका छन ।

कोंभीड -१९ को महामारी चलिरहेको बेला होटलका कर्मचारी सहित अन्यलाई कोरोना सारेको अभियोगमा सोही रिसोर्टका कर्मचारी हरी थापालाई होटल व्यवस्थापनले निकालेको थियो ।

त्यसपछि थापाले पोखरा स्थित श्रम कार्यालय र नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा निरन्तर रुपमा न्यायको लागि अपिल गरेपनि खासै सुनुवाई नभएपछि उनि श्रम अदालत काठमाडौ पुगेका थिए ।

मुद्दा चल्दै गएपछि दर्जनौ पटक काठमाडौ पुगिनुपरेको पिडा भोगेका कर्मचारी थापालाई नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति र नेपाल पर्यटन तथा होटल श्रमिक संघको राष्ट्रिय समितिले भने राम्रै साथ दियो ।

उनको मुद्दामा ट्रेड युनियनको न्यायिक समिति मार्फत अधिवक्ता भुवन प्रसाद वाग्लेले बहस गरेका थिए । कुल ५ लाख ८० हज़ार आफुले पाउनुपर्ने माग दावी सहित होटल व्यवस्थापन बिरुद्द कर्मचारी थापाले मुद्दा दिएको थिए ।

थापाको पक्षमा श्रम अदालतले निर्णय गरेपछि होटल व्यवस्थापनको तर्फबाट ४ लाख रुपैया दिन तयार भएकोमा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल समेतको पहलमा होटल व्यवस्थापनले ५ लाख रुपैया दिन तयार भएको बताईएको छ ।

होटलका संचालक नेकपा एमाले निकट भएको र कर्मचारी थापा नेपाल ट्रेड युनियन कांग्रेसको सोही होटलको इकाई अध्यक्ष समेत रहेकोले राजनीतिक पुर्वाग्रह राखेर आंफुलाई हटाईएको दावी थापाको थियो ।

तर श्रम अदालतले थापाको पक्षमा फ़ैसला दिएपछि आफुले न्याय पाएको अनुभुती गरेका छन । तनहुं घर भएका थापा कोरोना महामारिको समयमा होटलको जागिरबाट निकालिएको थिए ।

केही दिन अगाडी मात्र होटल संचालक पुष्प अधिकारीको प्रतिनिधिको रुपमा दिपेश अधिकारीले ५ लाख रुपैयाको चेक होटल व्यवस्थापन बाट थापालाई हस्तान्तरण गरेका छन । त्यस अबसवमा ट्रेड युनियन कांग्रेस कास्कीका पुर्व अध्यक्ष कुलदेवी बराल, वर्तमान अध्यक्ष विजय भण्डारी र सचिव रुद्र तिमिल्सीना लगायत सहभागी रहेको बरालले गुरुकुल खवरलाई जानकारी दिईन ।

४ श्रावण २०७९, बुधबार २२:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा