Play

नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पक्राउ

गुरुकुल खबर


पोखरा । कास्की प्रहरीले नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

असार ३१ गते पोखरा ८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको २ वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोज्नेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन माडी नगरपाकिला ८ बसन्तपुर घर भई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ बर्षिय धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपाकिला ४ रापाकोट घर भई पोखरा १६ घर्मी बस्ने ४० बर्षिय डिल बहादुर बिक रहेका छन् ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।

२ श्रावण २०७९, सोमबार २२:१० मा प्रकाशित
Nabintech