Play

वडा नं ९ भित्रका सामुदायिक विधालयमा योग शिक्षकको व्यवस्था

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाभित्रका सामुदायिक विद्यालयहरुमा योग कक्षा संचालन गर्ने भएको छ ।

नयाँ आर्थिक वर्षमा नयाँ काम भन्ने अभियानका साथ वडाले योगा कक्षा संचालन गर्ने भएको हो । एक वर्षसम्म संचालन हुने उक्त योगा कक्षाकालागि नयाँबजारमा रहेको नवप्रभात माध्यमिक विद्यालय र महेन्द्र उच्च माध्यमिक विद्यालयलाई वडाले आवश्यक निर्देशन दिईसकेको जनाएको छ ।

वडाले योगा कक्षाकालागि शिक्षक जमुना थापालाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।

राम्रो विद्यार्थी र राम्रो शिक्षक बन्नकालागि शारिरिक मात्र नभई  मानसिक रुपमा पनि स्वस्थ हुनु पर्ने आवश्यकता औल्याएर योग कक्षा संचालन गर्न लागिएको वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुकुल खबरलाई जानकारी दिए ।

विभिन्न समस्याले बालमस्तिष्कमा पार्न सक्ने नकारात्मक प्रभावबाट जोगाउन योगाले सकारात्मक भुमिका खेल्ने विश्वासका साथ वडा नं ९ मा रहेको नवप्रभात मावि, महेन्द्र उच्चमावि र सहारा प्राविमा योगा कक्षा संचालन गर्न लागिएको अध्यक्ष मर्सानीको भनाई छ ।

वडा नं ९ का सूचना अधिकृत लोकदर्शन कोइरालाले स्वस्थ बालबालिकाबाट नै सवल नागरिक उत्पादन हुने विश्वासले सामुदायिक विद्यालयहरुमा योग कक्षा संचालन गर्न लागिएको बताए ।

नवप्रभात माविका प्रधानाध्यापक मायाा थापा र महेन्द्र उच्चमाविका प्रधानाध्यापक रामदत्त पौडेलले वडाध्यक्ष मर्सानीसंग निर्देशन पत्र बुझ्दै वडाको हरेक क्रियाकलापमा विद्यालयको सहकार्य रहने बताउँदै योगा कक्षाको माध्यमबाट विद्यार्थी एवम् शिक्षकहरुलाई स्वस्थ राख्ने प्रतिबद्धता व्यक्त गरे ।

२ श्रावण २०७९, सोमबार २१:११ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा