Play

बालबालिकाका लागि थप २३ लाख मात्रा कोरोना खोप नेपाल आइपुग्यो

गुरुकुल खबर


काठमाडौं , ५ देखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

यो माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि कोभ्याक्समार्फत २२ लाख डोज खोप प्राप्त गरेको थियो ।

१९ असार २०७९, आईतवार १६:३३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा