पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरणबहादुर बाँनिया विजयी भएका छन् ।
नेपाली काग्रेसका मिनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बाँनियन बिजयी भएका हुन् । विजयी बाँनियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १ हजार ७ सय २ मत प्राप्त गरे ।
महिला सदस्यमा सेतीमाया गुरुङ २ हजार ३ सय, दलित महिला सदस्यमा मन्दिरा परियार २ हजार २ सय ९१, खुल्ला सदस्यमा आशिष भण्डारी २ हजार ३ सय ७९ र बलराम पौडेल २ हजार १ सय ८० मत ल्याएर बिजयी भए ।
उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।
वडा नं –१५ बाटै मेयरतर्फ कृष्ण थापाले १९७४ र गठबन्धनका धनराज आचार्यले १५८१ मत पाए । राप्रपाले ४८९ र स्वतन्त्र लौरोले १३८ मत प्राप्त गर्यो ।
यस्तै, उपमेयरतर्फ एमालेकी मन्जु देवि गुरुङले २२३३ मत पाइन् भने, नेपाली काँग्रेसकी कोपिला रानाभाटले १५४४ मत प्राप्त गरिन्।