पोखरा जेठ । निर्वाचन आयोग पोखराले पोखरा महानगरपालिकाको वडा नम्बर १ र २ को मत परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक मत परिणाम अनुसार वडा नं १ मा नेकपा एमालेका सहन प्रधान सहितको प्यानल बिजयी भएको छ भने पोखरा महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका दिवसमान प्रधानागं सहितको टिम बिजयी भएको छ ।
पोखरा महानगरपालिका वडा नं १ मा नेकपा एमालेका सहन प्रधान सहितको प्यानल बिजयी भएको छ भने पोखरा महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका दिवसमान प्रधानागं सहितको टिम बिजयी भएको छ । वडा नं १ बाट विजयी प्रधानले एक हजार १ सय ४५ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली काँगे्रसकी नेतृ सीता गुरुङले १ हजार एक सय चार मत प्राप्त गरेकी थिइन् । यसैगरी वडा नं २ बाट विजयी प्रधानागंले नौ सय उनन्चालिस मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्धन्द्धी दिपक शाहले ६ सय ६१ मत प्राप्त गरेका थिए ।
पोखरा महानगरपालिकाको दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा जम्मा आठ हजार छसय ९३ मत गणना गरिएको छ। यसरी गरिएको गणनामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता लिईरहेका छन्। पोखरा १ र २ को मतगणना सकिएको तथा १२, २३, २४ र २५ को मत गणना जारी रहदा आचार्यले तीनहजार चारसय ६५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले तीनहजार एकसय आठ मत पाएका छन्।
त्यस्तै राप्रपाका शंकर खरालको चारसय ६२ र अटेरी अभियानका तर्फबाट स्वतन्त्र रहेका गनेश पौडेलले दुइसय १२ मत पाएका छन्।
उपमेयर पदमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले तीनहजार छसय मत ल्याएकी छिन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु देवी गुरुङले तीनहजार पाँचसय ७५ मत पाएकी छिन। त्यस्तै राप्रपाकी उपमेयर उम्मेदवार रन्जु सेन पौडेलले चारसय ३२ मत ल्याएकी छिन।
मेयर
सूर्य (कृष्ण थापा): ३१०८
कलम (धनराज आचार्य): ३४६५
हलो (शंकर खराल): ४६२
लौरो (गनेस पाैडेल): २१२
उपमेयर
सूर्य (मञ्जुदेवी गुरूङ): ३५७५
रूख (कोपिला रानाभाट): ३६००
हलो (रञ्जना सेन): ४३२
कास्की अपडेट :
पोखरा महानगरपालिका वडा न १, नेकपा एमाले विजयी
पोखरा महानगरपालिका वडा न २, नेका विजयी
रुपा २, ३,४,५,६ – नेकपा एमाले प्यानल विजयी
रुपा १- नेपाली काङ्रेस विजयी
अन्नपुर्ण ११,९,७,६- नेकपा एमाले विजयी
अन्नपुर्ण १०,८ – नेपाली काङ्रेस विजयी
माछापुच्छ्रे १,२,३,४,५,८,९- नेपाली काङ्रेस विजयी
माछापुच्छ्रे ६,७ को अध्यक्ष बाहेक ४ सदस्य नेकपा एमाले
माछापुच्छ्रे ७ अध्यक्ष मात्र माओवादी केन्द्र – गा पा अध्यक्ष ,उपाध्यक्ष – नेका विजयी
मादी १,२,३,५- नेपाली काङ्रेस विजयी ,
मादी २ अध्यक्ष वाहेक ४ जना,वडा न ४ , वडा न ६ एमालेको तर्फबाट विजयी