पोखरा । एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले जनताले लालुर्जा खोस्नेलाई नभएर लालपुर्जा दिलाउनेलाई भोट दिनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा १४ ले मसिनामा आयोजना गरेका कार्यक्रमा बोल्दै खगराज आधिकारीले बास राख्नेलाई भोट दिन अनुरोध गरेका हुन् ।
दुई, तीन वर्षमा अरुले गर्न नसकेको काम एमालेको सरकारले गरेको अधिकारीले दाबी गरे । वडानम्बर १४ मा हजारौं सुकुमबाँसीलाई लालपुर्जा दिलाउन र १४ मा भएको हजारौं रोपनी सार्वजनिक जग्गा जोगाउन पनि एमालेलाई भोट दिनुपर्ने बताए । कसैको विरोधमा आफुहरु नभएको अधिकारीले दाबी गरे ।
पाँच वर्ष नागरिकलाई बडापत्रको व्यवस्थाको जानकारी गराएरै काम गर्ने एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले बताए । उनले महानगरमा हुने गरेका ढिला सुस्ती गरेर काम गर्ने प्रवितिको अन्त्ये गरिने बताएका हुन् । पोखरा १४ अन्तर्राष्ट्रिय विमान स्थल भएकाले यसलाई सुरुमै सञ्चालनमा ल्याउन आफूले प्रयास हुने थापाको भनाइ छ ।
जनताको दैनिकीमा आइपर्ने अप्ठ्याराहरुको समाधान गर्न एमालेको सरकारले काम गर्ने थापाले बताए । थापाले महानगरमा बेजुरी राख्ने परम्पराको अन्त्ये गर्ने समेत बताएका छन् ।
एमाले १४ का अध्यक्षका उम्मेदवार डेलबहादुर गुरुङले आफ्नो अर्जुन दृष्टि विकास मात्रै भएको बताए । ‘आगमी पाँच वर्षमा वडालाई समृद्ध वडा बनाउँछौं । वडा बाँसीले अनुभूति लिन सक्ने विकास गछौं । वडाभित्र रहेका वटोलाई पक्की सडक बनाउने आफ्नो पहिलो प्राथमिकता हुने गुरुले बताए ।
पोखरा १४ बाट एमाले खुला वडासदस्यमा मानबहादुर भुजेल, महिला उत्पीडित महिला सदस्य सिर्जना सुनार, खुला सदस्य गोपालप्रसाद सापकोटा र महिला सदस्यमा सरिता बास्तोला चुनावी मैदानमा छन् ।