Play

कांग्रेसले दियो उपसभापति गुरुङलाई देशव्यापी चुनावीसभा समन्वयको जिम्मा

गुरुकुल खबर


 काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशभरीका पालिकाहरुमा गरिने सभा सम्मेलनको संयोजन गर्ने जिम्मेवारी पाएका छन्  गुरुङको संयोजकत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरी त्यसको जिम्मा उनलाई दिइएको हो ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ’देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्दै शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

उपसमिति सदस्यहरूमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बास्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार उपसमिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्नेछ । निर्वाचन अवधिभर सवै पालिकामा यस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

यसैबीच कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति

मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते

१९ बैशाख २०७९, सोमबार १८:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा