पोखरा, नेपाल तरुण दल पोखरा महानगरपालिका – २४ कास्किकोट कार्यसमितिले एक कार्यक्रमको आयोजना गरि त्यस वडाका अग्रज कांग्रेसलाई सम्मान गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस लगायतका दलमाथी प्रतिबन्ध प्रतिबन्ध लागेको अबस्थामा पनि कांग्रेसको नेतृत्व सम्हालेका र संगठनमा निरन्तर सक्रिय रहेका व्यक्तित्व हरुलाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेस कास्कीकोट गाउं कार्य समिति र पछिल्लो समयमा पोखरा महानगरपालिकाका वडा नं २४ कार्य समिति सहित अन्य जिम्मेवारीमा रहेका हरुलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सस्थापक र पुर्ब सभापतिहरु दुर्गाप्रसाद तिमिल्सिना ,देबि प्रसाद बस्ताकोटि डा यमनाथ तिमिल्सिना ,मनहरी सुबेदि,देबेन्द्र बिक्रम शाही ,टेक प्रसाद अधिकारी ,माधब दाहालका साथै सोही क्षेत्रमा कांग्रेस बाट निर्वाचित पूर्व जनप्रतिनिधि पुर्ण बहादुर के सि ,उजेलि बस्ताकोटि ,मधुमाया सुबेदि ,नारायण देबकोटा लगायत हुनुहुन्छ ।
यसैगरि कांग्रेसका सस्थापक रामचन्द्र गिरि,टिकाराम बस्ताकोटि,तरुण नेता बेदहरि तिमिल्सिना ,तरुण दलका पूर्व ज़िल्ला सचिव पदम बस्ताकोटि इकाई अध्यक्ष देबिलाल अधिकारि, कोट बहादुर देबकोटा,बिष्णु श्रेष्ठ लाई पनि सम्मान गरिएको थियो ।
सम्मान पत्र प्रदान गरि दोसल्ला ओढ़ाएर सम्मान गरिएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीकोट क्षेत्रका करिब २ सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोर दत्त वराल, कास्की क्षेत्र नं ३ का क्षेत्रीय सभापति एवं तरुण दल कास्की जिल्ला अध्यक्ष मनोज गुरुङ , पार्टीका महासमिति सदस्य बिरेन्द्रनारायण बिजुक्छे, नेपाली कांग्रेसका युबा नेता गंगाधर पराजुलि लगायतले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला र टिका अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै कास्की कांग्रेसका सभापति बरालले कांग्रेस विरुद्ध अनेक भ्रम छर्न खोजिएको भन्दै कांग्रेस लाई थप शसक्त बनाउन कांग्रेस नेता र कार्यकर्ताको व्वबहारमा परिवर्तन आउनुपर्ने बताए ।
क्षेत्रीय सभापति मनोज गुरुडंले कांग्रेसलाई जिताउनका लागि सबै एक हुन आग्रह गर्दै जिल्ला र क्षेत्रबाट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।
महाधिवेशन प्रतिनिधि बिरेन्द्र बिजुक्छेले अबको चुनावमा कांग्रेसमा निरन्तर लागेको र सक्रिय लाई उमेदवार बनाउनुपर्ने बताए ।
कांग्रेसका युवा नेता गंगाधर पराजुलीले देश र जनतामा आईपर्न् हरेक अप्ठेरो र समस्याबाट निकास दिन कांग्रेसकै नेतृत्व चाहिने भन्दै आसन्न निर्वाचनमा युवा, जागरुक, अनि आंफ्नो क्षेत्रको बिकासका लागि नयां दृष्टिकोण दिन सक्नेलाई उमेदवार बनाउनुपर्नेमा जोड़ दिए ।
कांग्रेस नेता दुर्गा तिमिल्सिनाले कास्कीकोटमा कांग्रेसको संगठन गर्दाका पुराना दिन सम्झदै कास्कीमा कांग्रेस जिताउन सबै एक हुनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेता दिवसमान प्रधानांग , महाधिवेशन प्रतिनिधि भरत बहादुर अधिकारी, वडा कार्य समितिका सभापति प्रताप कार्की , टीकाराम शर्मा, गंगा गिरी , सम्मानित भएका नेताहरु सहित धेरै जनाले आआफ्नो भनाई राखेका थिए ।
नेपाल तरुण दल कास्कीकोटका अध्यक्ष बिनोद बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रम र भेलाले रिप बहादुर कार्की अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।