पोखरा । सुरक्षा जांच तथा नियमित मर्मतसम्भारका लागि पोखराको पहिलो केवलकार ‘अन्नपूर्ण केवलकार’ फागुन ३० गतेसम्म बन्द हुने भएको छ ।
फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीद्वारा जारी सूचनामा जनाईएको छ । नियमित मर्मतसम्भारपछि केवलकार चैत्र १ गतेदेखि नियमित सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
‘नियमित मर्मत सम्भार गर्नका लागि केही दिन केवलकार बन्द गर्न लागेका हौ’ महाप्रबन्धक दिनेश पौौड्यालले भने ‘यात्रु वर्गमा पर्नगएको असुविधाप्रति हामी क्षमा चहान्छौ ।’ नियमित मर्मतसम्भार पछि चुस्त र सुरक्षित रुपमा सेवामा आउने महाप्रबन्धक पौड्यालले जानकारी दिए ।
फागुन ६ गते सफ्ट उद्घाटनपछि बिहान १० बजेदेखि सांझ ५ बजेसम्म संचालनमा रहेको केवलकार नियमित मर्मतसम्भार पछि नयां समयतालिकाका साथ सेवा संचालनमा ल्याउने तयारीमा रहेको पनि कम्पनीले जनाएको छ ।
‘सराङकोटबाट सनराईज हेर्ने गरी सेवा संचालन गर्ने आन्तरीक तयारीमा छौ’ महाप्रबन्धक पौड्यालले गुरुकुल खबरलाई भने ‘योनियमित मर्मतपछि हामी बिहान ५ बजेदेखि नै सेवा संचालनमा ल्याउनेछौ ।’
नियमित मर्मतसंभारका लागि गरिएको केवलकार बन्दले केही दिन समस्या परे पनि भोलीका दिनमा सुरक्षाका लागि ढुक्क हुन सकिनेसञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीको भनाई छ ।