Play

भलिवल प्रतियोगितामा रेबानलाई खसी, ट्याक्सिलाई बोका

गुरुकुल खबर


रेबान पोखराले खसी पुरस्कार जित्दा पोखरेली ट्याक्सि सेवा प्रालीले बोकामा चित्त बुझाएको छ । रेबान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत अन्तर पर्यटन संघ सङ्स्था भलिवल प्रतियोगितामा प्रथम हुँदै आयोजक रेबानले खसी जितेको हो ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको ट्याक्सिले बोका उठायो । सनिबार भएको फाइनलमा रेबानले २५–१६ र २५–२१ को सोझो सेटमा जित हासिल गरेको हो ।

रेबानको टोलिबाट  गोपि भट्टराई, बलराम पहारी, सुर्य भुजेल, तथा कार्यसमितिका भिस्मराज पौडेल, बैभव पौडेल, बिष्णु बानिया, लोक गुरुङ मैदान उत्रिएका थिए ।

टिम कोचमा निवर्तमान अध्यक्ष भिमसेन भुजेल रहनुभएको थियो । प्रतियोगिताका बिजेता उप– बिजेता टोलिलाई पोखरा महानगर वडा ६ का वडाध्यले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा विभिन्न ११ टिमको सहभागिता रहेको थियो ।

१८ पुष २०७८, आईतवार २१:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा