Play

चापाकोट आधारभूत विद्यालयमा खेलकुद सामग्री र नगद पुरस्कार

गुरुकुल खबर


लायन्स क्लव अफ पोखरा सिमलचौतारीले पोखरा महानगरपालिका वडा नं. २३ चापाकोट आधारभूत विद्यालयलाई शनिवार खेलकुद, शैक्षिक तथा जेहेन्दार विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको छ ।

लायन्स क्लव क्लस्टर ५ का क्लस्टर चिफ पुरुषोत्तम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पराजुलीले क्लवले दलित, विपन्न र न्यून आयभएका बालबालिकाको लागि गरिएको सहयोगल बालबालिकाको पठनपाठनमा प्रोत्साहन मिल्ने र खेलकुदले स्वस्थ शरीर निर्माणमा सहयोग पु¥याउने बताउनुभयो । क्लवको वर्तमान थिम अन्तर्गत रही सामाजिक उत्तरदायित्वमा क्लवले गरेको कार्य प्रसंसनीय रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पराजुलीले क्लवको सहयोगप्रति धन्यवाद दिंदै विद्यालय सबैको साझा सम्पत्ति भएको र विद्यार्थी माथिको शैक्षिक लगानी पुण्य कार्य भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद पौडेल, क्लवका चार्टर प्रेसिडेण्ट नरेश बरालले क्लवलाई धन्यवाद सहित विद्यालयलाई निरन्तर सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा क्यारेमबोर्ड, चेस, फुटबल, डोरी, कपी, कलम, पेन्सिल, चार्ट लगायत जेहेन्दार विद्यार्थीलाई नगद रु.२ हजार वितरण गरिएको थियो ।

क्लवका अध्यक्ष दामोदर बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पदम बस्ताकोटीले गर्नुभएको थियो भने क्लवका प्रथम उपाध्यक्ष परमेश्वर बरालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

१ श्रावण २०७८, शुक्रबार ०७:२२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा