Play

अक्सिजन प्लाण्टकालागि कास्कीका कांग्रेस नेतृहरुको अभियान

गुरुकुल खबर


जेठ ४ पोखरा । बतास फाउण्डेसनको नेतृत्वमा पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लाण्टका लागि शुरु गरिएको सहयोग संकलन अभियानमा नेपाली कांग्रेस संग सम्वद्द नेतृहरुले पनि आर्थिक सहयोग गरेका छन । अभियानमा हालसम्म साढे ४ लाख संकलन गरिसकेको बताईएको छ।१५ जना महिला नेतृबाट हालसम्म ४ लाख ३२ हजारभन्दा बढी रकम सहयोग संकलन भैसकेको बुझिएको छ।

सो अभियानमा नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला आचार्यले २ लाख ६ हजार ६६६ सहयोग गरेकी छन भने कांग्रेस नेतृ सरस्वती गुरुडंले १ लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी छिन् ।

यसैगरि प्रदेश सांसद ललितकला गुरुङले ५० हजार, संविधानसभा सदस्य शारदा पौडेलले २५ हजारको सहयोग गरेका छन् , कास्कीकै अन्य नेतृहरु खीमकुमारी गुरुङ, गीमाया गुरुङ, टेकनशोभा गुरुङ, आशा गुरुङ, महिला संघ क्षेत्र नम्बर २ की सभापति इन्द्रमाया बानियाँ, पोखरा १० की महिला सदस्य निशा मल्ल ठकुरी, महिला संघ क्षेत्र नम्बर २ की सचिव निर्मला कार्की भण्डारी र चन्द्रमाया गुरुङले जनही ५ हजार तथा महिला संघ क्षेत्र नम्बर १ की उपसभापति लोककुमारी गुरुङ र सरिता कार्की (लोभिसा)ले ५ हजार ५५५ सहयोग गर्ने घोषणा गरेका छन् ।

‘अहिले जताततै अक्सिजन अभाव । सिलिण्डर छैन । उत्पादन छैन,’यस्तो बेला निजी क्षेत्रबाट सहयोग हुनुपर्छ । त्यसमा सबै नागरिकले सकेको सहयोग गर्नुपर्छ कांग्रेस नेतृहरुको भनाई छ ।’ फाउण्डेसनले ५ करोड संकलन गरेर पोखरामा १० देखि १५ क्युविक मिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने प्लाण्ट जोड्न लागिएको छ । यसकालागि प्रतिष्ठित व्यवसायी र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् ।

४ जेष्ठ २०७८, मंगलवार २१:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा