नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको अल्पायुमा भएको देहावसानमा समवेदना प्रकट गर्दै श्रद्धान्जली अर्पण गरेको छ । जनकपुर निवासी यादवको कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् ।
नेपालमा देखिएको कोभिडको महामारीको कारण प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व, अन्तराष्ट्रिय क्योकुसिन खेलाडी एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा प्रदेश नं. २ का संयोजक बैजनाथबाबा यादवलाई गुमाउनु पर्दा सिंङ्गो खेलकुद क्षेत्र र लोकतान्त्रिक खेलकुद संघले ठुलो क्षती ब्यहोर्नु परेको छ ।
स्व. यादवले लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक आन्दोलमा पु¥याउनु भएको अहम भूमिका, देशका लागि खेलकुद माध्यमबाट दिनु भएको योगदा सदा स्मरणिय रहने छ । यस दुखद घडीमा स्वर्गिय यादव प्रति श्रद्धान्जली ब्यक्त गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना प्रकट गर्दछ – नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्र शेरचनले एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
सोही क्रममा आज बसेको केन्द्रिय समितिको भर्चूअल मिटिङ्गले विभिन्न निर्णयहरु गर्दै केन्द्रिय सदस्य यादव तथा अन्य खेलकुद कर्मीहरुको असामयिक निधनमा शोक प्रस्ताव पास गर्नुका साथै सम्पूर्णमा श्रद्धान्जली अर्पण गरेको छ । यस्तै स्व. यादवले अगाडी बढाएका खेलकुदका अपुरा कार्यहरुलाई सम्पन्न गर्न नेपाल लोकतान्त्रिक खेलकुद संघ सदा अग्रसर रहने निर्णय गरेको छ ।