Play

गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार राई बर्खास्त

गुरुकुल खबर


काठमाडौं । नेकपाको वर्तमान सरकारले आंफ्नै पालामा नियुक्त गरेका गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार टिकाराम राईलाई हटाएको छ । मन्त्रिपरिषदको बैठकबाट उनलाई बर्खास्त गरिएको भन्ने कुरा राईले आंफ्नो फेसबुकवाल मार्फत जानकारी गराएका छन।
गोरखापत्र सुधारका लागि महत्वपूर्ण काम गरेका उनलाई विज्ञ सल्लाहकारका रुपमा तत्कालीन संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले नियुक्ति गरेका थिए ।
उनको नियुक्तिसँगै गोरखापत्रमा केही सुधार आएको सार्वजनिक रुपमै महशुस गरिएको थियो । तर, उनलाई भने सफाईको मौकासमेत नदिई सरकारले हटाउने निर्णय गरेको छ ।
टिकाराम राईले आंफ्नो फेसबुकमा “यो देशमा राम्रो काम गर्नेको भलाई हुँदोरहेनछ भन्ने मैले पनि अनुभब गरेँ । गोरखापत्रको सार्वजनिक रूपमै अनुभव हुनेगरी विकास र संस्थागत सुधार गरेबापत आज मलाई सरकारले बर्खास्त गर्यो । देशका महत्वपूर्ण सार्वजानिक संस्थाहरू बलियो हुन नदिने ग्रयाण्डडिजाईनमा अर्थ तथा सँचारमन्त्री युबराज खतिवडाको पहलमा यो निर्णय भएको हो “ भनेर लेखेका छन ।
राईलाई हटाउनुपर्ने स्पष्ट कारण थाहा नभएपनि गोरखापत्र संस्थान भित्र नेकपा समर्थकहरुबिचको आन्तरिक द्वन्द र संस्थानका लागि आवश्यक पर्ने कागज खरिद गर्ने समय आएको र त्यसमा हुने कमिशनको चलखेलको शिकार राईलाई बनाईएको धेरैको अनुमान छ ।

१ श्रावण २०७७, बिहीबार १५:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा