Play

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

गुरुकुल खबर


३० जेठ, चितवन । समुदायमा कोरोना फैलिन पाएन भनेर खुसी देखिएका चितवनका प्रशासक, चिकित्सक तथा जनप्रतिनिधिहरु सोमवार साँझ एकैपटक २० जना संक्रमित थपिएपछि झस्किए । भारतबाट आएर क्वारेन्टिनमा बसेकादेखि अस्पतालका चिकित्सक र नर्ससम्मलाई कोराना संक्रमण देखिएपछि डराउनु स्वाभाविक हो । त्यसैले त चितवनका स्थानीय तहहरुले धमाधम वडा सिल गरेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले उतैबाट कोरोना लिएर आएको हुनसक्ने अनुमान गरिए पनि चिकित्सक र नर्सलाई कसरी संक्रमण भयो भन्ने भेउसम्म यहाँका चिकित्सक र सम्बन्धित निकायले पाउन सकेका छैनन् । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ६८ वर्षीय वृद्ध, नारायणी सामुदायिकका चिकित्सक र मनकामना अस्पतालकी एक नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।

३० जेष्ठ २०७७, शुक्रबार ०४:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा