Play

लेखक खगेन्द्र संग्रौलासँग प्रेमवार्ता- जीवनमा प्रेम गर्न बडो गाह्रो छ, गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ

गुरुकुल खबर


पोखरा । जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् ।

जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’

मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला ? मलाई पिरलो लागि रह्यो ।

जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो ।

मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुलपढ्नु पथ्र्याे । ९–१० कक्षा पढ्दामलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो ।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ। त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ ।

स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्याे । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत् म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपी कतिपय कुरा बहेरमुखी , कता वाकपटु जस्तो पनि देखिन्छु ।

यो समाजको लागि म अभद्र किन देखिने ? अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो ।
मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामाथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो ।

मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्यादिने सर्त भयो । तर पर्याउँने कसरी ।चिठी लेखियो, खाममा पनि हालियो । अर्काे फसाद पर्याे । सल्लेरीको नजिबाट त्यो केटी आउँने । उसँग अरुपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो ।

चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्याे । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसार्इं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थिए । म विहानको स्कुलको प्रर्थनमा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतिक्षामा त छैन ? उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो ।

पत्रको त प्रतिक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् ।

पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वारुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापी केही थियो ।

अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट साट्ने वाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो ।
अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्दारका कारणले पनि हो ।तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ ।उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्दार भयो ।

 

११ पुष २०७९, सोमबार २०:०८ मा प्रकाशित
Nabintech