Play

मुलुकको नेतृत्व गर्ने ठाउँ छाडेर नेपाल- खनाल भिख माग्न पुगे – महासचिव पोखरेल

गुरुकुल खबर


 

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस अस्थिरताको बाहक रहेको आरोप लगाएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले काँग्रेसले जहिले पनि सम्झौता गर्दै अस्थिरता सिर्जना गर्ने आरोप लगाएका हुन् ।

२००७ सालदेखि नै कांग्रेस अस्थिरताको बाहक बन्यो, राणासंग सम्झौता गर्यो । प्रजातन्त्रको पुर्नस्थापना पछि पनि काँग्रेसले सम्भौता गर्यो, पटक पटक सम्झौता गर्दै आएको छ जसले गर्र्दा उसले आफ्नो सामथ्र्य नै गुमाएको छ ।’ पोखरेलले आरोप लगाए । कांग्रेसलाई एमालेले आफ्नो हाराहारीको मित्रशक्तिको रुपमा लिएपनि काँग्रेसले कहिल्यै यो कुरालाई बुझ्न नसकेको उनको दावी थियो ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता झलनाथ खनाललाई शक्तिशाली पार्टी र मुलुकको नेतृत्व गर्न छाडेर कांग्रेससंग १७ सिटका लागि भिख मागिरहेको आरोप समेत लगाए ।
‘माधव नेपाल र झलनाथ खनाल मुलुकको सबैभन्दा ठूलो दल एमालेको र मुलुकको नै नेतृत्व गर्ने ठाउँ छाडेर कांग्रेसका शेरबहादुर देउवासंग् १७ सिट भिख मागिरहनु भएको छ । कांग्रेस त्यसमाथि शेरबहादुर देउवालाई मत माग्दै, १७ सिटको भिख मागेर समाजवाद आउँदैन’ पोखरेलले भने ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, जिल्ला अध्यक्ष मनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा कास्कीका एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

१५ आश्विन २०७९, शनिबार १६:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा