केहीसमय अगाडी मलाई फेसवुकमा एकजना अपरिचित महीलाको रिक्वेस्ट आयो । हुनत फेसवुकमा रिक्वेस्ट आएका सवैलाई साथीको लिष्टमा राख्ने कुरापनि हुंदैन ।
विशेषगरी महीला दीदी वहीनी हरुको रिक्वेस्ट आयो भने र आफुपनि फुर्सदमा भएको वेला पर्यो भने को रहेछ भनेर प्रोफ़ाइलको फोटो हेर्ने गर्छु । फोटो हेर्दा ए ! वहॉ त चिनेकै मानिस पो हो भन्ने कन्फर्म भएपछी मात्र साथीको लिष्टमा राख्ने गर्छु ।
केहीदीन अगाडी पनि यस्तै भयो । मलाई रिक्वेस्ट पठाउने महीला को रहीछन् भन्ने लाग्यो । फुर्सदमा भएको समय परेकोले वहॉको प्रोफ़ाइल फोटो हेरे तर , चिनेको जस्तो भने लागेन । वहॉको फेसवुक टाईम लाईन स्क्रोल गरें । वहॉको फेसवुकका भीत्ताहरु फुलका माला , दुवोका माला , पोते र फ्रेमहरुले सजाईएका रहेछन् । यो देखेपछी मलाई वहॉ कस्तो मान्छे हो भनेर अनुमान गर्न गार्हो भएन । मलाई लाग्यो वहॉ एक उद्यमी महीला हुनुहुन्छ भन्ने ।
तेसपछी मैले वहॉलाई फेसवुकमा साथीको लिष्टमा राखे । एक अपरिचित तर, उद्यमी महीलाको पोष्टहरु देखेपछि मलाई वहॉको उद्यमसिलताको वारेमा जान्न उत्सुकता जाग्यो ।
पोखराको विरौटा चोकमा पुगेपछी देखीन्छ प्राप्ति प्रसन्न हस्तकला उद्योग । यसको संचालक हुनुहुन्छ विष्णु तुलसी आचार्य । यस हस्तकला उद्योग संचालन गर्नका लागी आजसम्म विष्णु तुलसीले कस्ता कस्ता अप्ठेराहरु संग सामना गर्नुपर्यो त ? आउनुहोस् वहॉको संघर्ष र सफलताको कथा सुरुगरौं ।
करिव २१ वर्ष पहिले पोखराको कॉहुं वाट विवाह भएर पोखराकै भरतपोखरी पुग्नुभयो विष्णु तुलसी । त्यो वेला वहॉका श्रीमान गाउंकै एउटा सरकारी स्कुलको शिक्षक हुनुहुन्थ्यो । विष्णु तुलसी भने भर्खर SLC पास गर्नुभएको थियो । विवाह भएपछी विष्णु तुलसी घरमै गृहिणी भएर वस्नुभयो । विष्णु तुलसीले घरको काम साथै वस्तुभाउ पाल्ने र खेतिपाति गर्ने कामपनि गर्नुंभयो । वहॉको परिवारले भने घरायसी कामलाई खासै मुल्यांकन गरेन ।
यता , श्रीमानले पनि विष्णु तुलसी लाई घर चलाउन लाग्ने खर्च दीनुहुंदैनथ्यो । वहॉहरुको विवाह गरेको केही वर्षपछि छोरी जन्मिन् । छोरी जन्मिएपछी छोरीको लालनपालन , शिक्षाको लागी खर्च थपियो । तर , विष्णु तुलसीको आफ्नै कमाई थिएन र श्रीमान तथा परिवारको सहयोग पनि थिएन ।
विष्णु तुलसीलाई आफैले केही नगरेसम्म हुंदैन रहेछ भन्ने लाग्यो । उहॉ सम्झनुहुन्छ “ अरुमा आस्रित हुनु धेरै गाह्रो रहेछ , आफैले आयआर्जन हुने काम गर्नैपर्ने रहेछ “ । यही कुराले विष्णु तुलसीलाई उद्यमी वन्नका लागी उत्प्रेरित गर्यो ।
विष्णु तुलसीले केही पैसा रृण लिएर पोखराको चिप्लेढुड्गामा सानो फेन्सी पसल सुरु गर्नुंभयो । रृणमा सुरु गरेको पसल राम्रोसंग चल्न नपाउंदै वहॉको जिवनमा नयॉ मोड आयो । जेठी छोरी तृप्तिको स्वास्थ्यमा समस्या देखियो । पोखराका सवै हस्पिटल पुर्याउंदा पनि छोरीलाई संचो हुने लक्षण देखिएन । डक्टरको सल्लाह अनुसार तृप्तिलाई काठमांडू लगेर थप उपचार गर्नुपर्ने भयो । विरामी छोरी लिएर विष्णु तुलसी काठमांडू जानुभयो ।
पोखरा मै हुंदा छोरीको उपचारमा धेरै पैसा खर्च भैसकेको थियो । काठमांडूको हस्पिटलमा छोरीको उपचारका लागी वहॉले पोखराको फेन्सी पसल वेच्नैपर्ने भयो । फेन्सी पसल वेचेर छोरीको उपचार खर्च जुटाउनु भयो । तर , काठमांडूमा छोरीको उपचार गर्न लाग्ने खर्च नपुग्ने स्थित भयो ।
विष्णु तुलसी लाई परिवारवाट आर्थिक तथा भौतिक सहयोग नभएकोले काठमांडूमै केही आयआर्जनको काम आफैले गर्नैपर्ने भयो । वहॉले, काठमांडूको असन वजारमा फुल तथा दुवोको माला , पोते , फ्रेम चप्पल र अगरवत्ति वनाउने तालीम पाईन्छ भन्ने थाहा पाएपछी तालिम लिने निर्णय गर्नुंभयो ।तालिम लिएर काठमांडूमै पसल पनि गर्नुभयो ।तर , वहॉलाई काठमांडूमा एक्लैले विरामी छोरीको उपचार र पसल चलाउन भने सहज थिएन ।
तेहीवेला काठमांडूमा आएको भुकम्पले फेरि विष्णु तुलसी लाई थप अर्को पिडा दीयो । अवभने, विष्णु तुलसी काठमांडूको पसल वेचेर पोखरा फर्केर गाउंमै गएर वस्ने निर्णय गर्नुंभयो । छोरीको स्वास्थ्यमा विस्तारै सुधार आयो । तर , गाउंमै आएर वस्दापनि विष्णु तुलसी लाई परिवारको साथ र सहयोग अझैपनि मिल्न सकेन ।
यतिवेलासम्म वहॉको दोस्रो सन्तान अर्को छोरी जन्मिसकेकी थिईन् । दुई छोरीको भविष्य सम्झेर फेरीपनि विष्णु तुलसीलाई वजारतिरै झर्नुपर्ने वाध्यता आयो । वहॉले काठमांडूमा लिएको तालिम र कामको अनुभव लाई निरन्तरता दीने विचार गर्नुभयो । पोखराको विरौटा चोकमा सटर भाडामा लिएर व्यावसाय सुरु गर्नुंभयो ।
वहॉले व्यावसाय सुरु गर्दा करिव २ लाख रृण लिएर लगानी गर्नुभयो । वहॉले , पोखराको वजारमा माग हुने फुल तथा दुवोको माला , महीलाहरुले लगाउने पोतेको माला, मालाको फ़्रेम चप्पल र अगरबत्ती वनाएर वेच्न थाल्नुभयो ।
अहीले वहॉको व्यावसाय सोचेजस्तै सफल भएको छ । वजारमा माग भएको सामान वेच्ने मात्र होईन , म पनि उद्यमी वन्छु भन्ने ईच्छा राख्ने व्यक्तिलाई विष्णु तुलसीले तालिम पनि दीनुहुन्छ । सामान वेचेर अनि तालिम दीएर प्राप्तहुने मासिक आम्दानी पनि राम्रो छ । वहॉले विभीन्न संघसंस्था तथा महीला समुहलाई पनि तालिम दीईसक्नुभएको छ ।
अहीले वहॉले , पोखरा महानगरपालिका तथा गाउंपालिका संग समन्वय गरेर उद्यमसिल तालीम संचालन गर्ने तयारी पनि गर्दै हुनुहुन्छ । अहीले वहॉको साथमा श्रीमान, दुई छोरी तृप्ति र प्राप्ति तथा एक छोरा प्रसन्न पनि छन् । जेठी छोरी तृप्ति ओभरसियर अध्ययन गर्दै छन्भने , अर्की छोरी प्राप्ति कक्षा सातमा र छोरा प्रसन्न एलकेजी मा अध्ययन गर्दैछन् ।
आफैले आयआर्जन गर्न नसक्दा कुनैपनि सहयोग नगर्ने वहॉका श्रीमान र परिवार वाट पनि विष्णु तुलसीलाई हौसला र साथ मिल्न थालेको छ । विष्णु तुलसी भन्नुहुन्छ : “ आफ्नो कमाई नै सवैभन्दा ठुलो रहेछ , आफ्नै कमाई भयोंभने मात्र सवैको प्यारो वनिने रहेछ। कोहीपनि दीदी वहीनी श्रीमानको कमाईमा भर नपर्न सुझाव दीनुहुन्छ विष्णु तुलसी ।
वहॉलाई ज़िन्दगी भनेको संघर्ष हो भन्ने लाग्छ । आफैले संघर्ष गर्नुपर्छ , आफ्नो मेहनतमा वॉच्नुपर्छ र उद्यमसिल हुनुपर्छ भन्ने वहॉको वुझाई छ । धेरै पढेको छैन , पढेपनि जागीर पाईंदैन भन्ने सवैकाका लागी, आफुभीत्र केही गर्छुभन्ने ईच्छाशक्ति भयोभने रृण लिएर पनि सिप सिकेर सफल उद्यमी वन्न सकिन्छ भन्ने उदाहरणको पात्र वन्नुभएको छ ।
विष्णु तुलसी दीदीको ईच्छाशक्ति र उद्यमसिलतालाई हाम्रो पनि शुभकामना ।