Play

पोउबासंघ निर्बाचन: २२ सय ७४ मत खस्यो, कडा प्रतिष्पर्धाको बिचमा अर्जुन पोखरेल अध्यक्ष बन्ने सम्भावना

पुर्व अध्यक्ष र प्यानलमा बस्ने उमेदवारबाट धोका पाएपछि बलराम आचार्यले जित्ने सम्भावना न्युन


गुरुकुल खबर


पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनको लागि भएको मतदान आइतबार साँझ सकिएको छ। निर्बाचन समितिका संयोजक समेत रहेका संघका पुर्व अध्यक्ष दामु अधिकारीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार बिहान साढे ८ बजेबाट शुरु भएको मतादान साँझ करिब ७ बजेसम्म चलेको थियो ।

दिनभर चलेको मतदानमा २२ सय ७४ मत खसेको संयोजक अधिकारीले जानकारी दिए।  उनका अनुसार अध्यक्ष र पदाधिकारीको मतदानमा २२ सय ७४ मत र सदस्यहरुको मतदानमा २१ सय ८ मत खसेको थियो। मतदान कार्य सकिएपनि मतगणना भने भोलि सोमबार बिहान ८ बजे बाट गरिने उनले जानकारी दिए।

यसपटकको महाधिबेशनबाट संघको अध्यक्ष बन्नको लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनाबी मैदानमा उत्रिएकोमा बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा पदाधिकारीहरुका दुईवटा प्यानल बनाइएका थिए भने अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्य एकल रुपमा अध्यक्षको प्रतिष्पर्धामा थिए।

तर, मतदानको दिनमा भने प्यानलमा रहेकाहरुबाट आंफ्नो प्यानलका अध्यक्ष र अन्य केहीलाई मतदान नगर्ने र अरु उमेदवारसंग सौदाबाजी गरेर मतदान गर्ने गरेको देखियो । चारजना अध्यक्षका उमेदवारहरुबिचको कडा प्रतिष्पर्धा भैरहंदा प्यानल भत्काएर मतदान गरिएपछि पदाधिकारीको नतिजा समेत मिश्रित रुपमा आउनसक्ने देखिएको छ।

प्यानलको प्रचार गरिए पनि प्यानलमा रहेका पदाधिकारी र प्यानल बनाउन खटिएका संघका केहि पुर्व अध्यक्षहरुको समर्थन नपाउनेमा बलराम आचार्य परेका छन।  शनिबार बेलुकासम्म पनि प्यानल भन्दा दाँयाबाँया नगर्ने प्रतिबद्दता गरेका उनकै प्यानलका केहि उमेदवारहरु र प्यानल बनाउन सहयोग गरेका केहि पुर्व अध्यक्षहरुले आज मतदानको दिन आइपुग्दा बलरामको ठाउँमा अर्जुन पोखरेललाई साथ दिएको देखिएको थियो ।

बलराम नेतृत्वको प्यानल बनाउन भूमिका खेलेका पुर्व अध्यक्षहरु मध्ये केहि अर्जुनको पक्षम र केहि उत्तमको पक्षमा लाग्नु र केहिले शोभाको नेतृत्वको प्यानल बनाउन लागेपछि निर्बाचनको नतिजा अर्जुन पोखरेलको पक्षमा पुग्नसक्ने सम्भावना पनि बढेको छ। तर कतिपयले अर्जुन र उत्तममानको बिचमा प्रतिष्पर्धा देखिने बताएका छन। तर चारजना अध्यक्षका उमेदवारहरुको बिचमा कडा प्रतिष्पर्धा हुने र थोरै मतको अन्तरमा हारजीत हुने धेरैको अनुमान छ।

यसपटक बलराम आचार्यको प्यानलमा रहेका केहि पदाधिकारीहरु र सोही प्यानल बनाउने निर्णयमा सहभागी बनेका ७ जना पुर्व अध्यक्षहरु मध्ये केहि पुर्व अध्यक्ष अर्जुन पोखरेलको पक्षमा र केहि पुर्व अध्यक्षहरु उत्तममान बुद्धाचार्यको पक्षमा मत माग्न सक्रिय देखिए।  यसका साथै केहि पुर्व अध्यक्षहरु भने बलरामको प्यानल बने लगत्तै शोभा गौतम नेतृत्वको अर्को प्यानल बनाउन जुटेका थिए। बलराम आचार्यलाई अध्यक्षको उमेदवार बनाए पनि मतदान हुनु अगाडी नै उनलाई उमेदवार बनाउन लाग्ने अधिकांश पुर्व अध्यक्ष र उनकै प्यानलका पदाधिकारीहरुले साथ छोडेपछि आचार्यको पक्षमा नतिजा आउने सम्भावना अत्यन्त कम छ।

प्यानलभित्रका पदाधिकारीहरु नै एउटा प्यानल छोडेर अर्कोतिर लागेपछि कतिपय मतदाताले उधोग बाणिज्य संघमा चुनाब जित्ने नाममा ‘बेईमान प्रवृति’ बढेको भन्दै चिन्ता व्यक्त गरेका छन । पोउबासंघका एक पुर्व अ ध्यक्षका अनुसार अघिल्लो चुनाबमा अर्जुन पोखरेलको प्यानलमा रहेर गोकर्ण कार्कीलाई मतदान गर्नेहरुको जस्तो प्रवृति यस पटक पनि दोहोरिएको छ। उनले भने, ‘यस किसिमको प्रवृति बढ्नु चिन्ताजनक र घातक हो, चुन्नाब जित्नको लागि जे जस्तो पनि गर्न तयार हुनु भनेको आंफ्नो नैतिकता र ब्यबसायिक आचरण बिपरितको कुरा हो’

आजको चुनाबी माहोल देख्दा कतिपयले अर्जुन पोखरेलले अध्यक्ष जित्ने करिब निश्चित जस्तै भएको बताएका छन तर उत्तममानका समर्थकहरु बलरामको मत अर्जुनले काटेको कारण उत्तममानले जित्ने दाबी गर्छन। यसैगरी शोभा गौतम पक्षधरहरु महिला र साना ब्यबसायीहरुको मत पाएको कारण उनि पनि कडा प्रतिष्पर्धामा रहेको बताउंछन । अब अध्यक्षमा जीत कसको होला भन्ने थाहा पाउनको लागि सोमबार दिउँसोसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ ।

संघको वरिष्ठ उपाध्यक्ष पदका लागि टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (उद्योग) तर्फ सौगात थापा र ललितबहादुर कुँवर तथा उपाध्यक्ष (वाणिज्य) पदका लागि भीम गौतम र मनोजकुमार श्रेष्ठले प्रतिस्पर्धा गरेका छन् । यसैगरी महासचिव पदमा तारानाथ ढुंगाना र सुदिप प्रधानांग, कोषाध्यक्ष पदमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु तथा उपमहासचिव पदमा यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिना प्रतिस्पर्धामा छन् ।

खुल्ला सदस्यहरुमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर के.सी., दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी उमेदवार बनेका छन । वस्तुगत सदस्यतर्फ ४ सदस्यमा केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी, लालप्रसाद ढकाल र एक जना औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको उम्मेदवारी परेकाले निर्विराध भएको संयोजक अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार ..

पोउबासंघमा मतदान शुरु, प्यानलमा क्रस हुने चर्चासंगै परिणाम पनि मिश्रित आउने सम्भावना

२१ भाद्र २०८३, आईतवार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा