Play

फेवातालमा कायकिङ गर्दा डुबेका युबकलाई ३० फिट गहिराईबाट उद्वार गरियो

गुरुकुल खबर


पोखरा, पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थामा उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा कायकिङ गर्ने क्रममा उनि डुबेका थिए।

उदयपुर घर भएका २१ बर्षीय आयुष तामांगको उद्वार गर्नको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण, प्रधान कार्यालय कालिका अन्तरगत फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी सहायक निरीक्षक राम प्रसाद शर्माको कमाण्डमा गोताखर सहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री सहित खोजतलासका लागि खटिएको थियो।

खोजतलासका क्रममा दिउँसो करिब ३ बजे बजे तालको अन्दाजी ३० फिट गहिराइबाट गोताखोर टोलीले तामाङलाई अचेत अवस्थामा फेला पारेपछि तालबाट बाहिर निकालिएको थियो।

उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो करिब ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल)  पठाइएको सशस्त्र प्रहरी नं. २४ गण, कालिकाले जनाएको छ।

२० भाद्र २०८३, शनिबार १५:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा