Play

कास्कीको माछापुच्छ्रेमा पहिरो, बाटो खन्दै गरेका दुईको मृत्यु, एक घाइते

गुरुकुल खबर


पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिका नवनिर्मित सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत दुई जना कामदारहरुको पुरिएर मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका – ८ घर भएका २६ बर्षीय आयुष राई र खोटाको केपिलास गाउँपालिका- १ घर भएका २७ बर्षीय किसान राई रहेको प्रहरीले जनाएको छ ।

आज शनिबार बिहान ११ बजे बाटो खन्ने क्रममा आएको पहिरोमा परी घाइते भएका उनीहरुलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाएको भएपनि दुवै जनाको उपचारका क्रममा दिउँसो सवा १ बजे मृत्यु भएको थियो । सार्दिखोलास्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमान्डमा त्यहाँ टोली पुगेको ।

सोही घटनामा इलाम घर भएका ३२ वर्षका भक्तबहादुर मगर पनि घाइते भएका छन् । उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारका लागि पोखरा पठाएका थिए । यसअघि पनि उक्त क्षेत्रमा सडक खन्ने क्रममा सानातिना पहिरोहरु खस्ने गरेको स्थानीयले बताएका छन।

(फाइल तस्बिर)

२० भाद्र २०८३, शनिबार १५:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा