Play

६८ बर्षीय चण्डिका श्रेष्ठको ११ दिनमा घरभित्रबाट उद्वार, उपचारको लागि छाउनी अस्पताल लगियो

बाढीले करिब ६० मिटर पर लगेर फालेको घरबाट भेटिएकी बयोबृद्ध चण्डिकाका श्रीमान बगेको आशंका


गुरुकुल खबर


काठमाडौँ, नुवाकोटको बेत्रावतीबाट भोटेकोसी, त्रिशूलीको बाढीपछि बेपत्ता भएकी ६८ बर्षीय चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन ।

नुवाकोटको बेत्रावतीमा भोटेकोसी–त्रिशूली बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको छ । बेत्रावती बजारको एक घरबाट सशस्त्र प्रहरीले श्रेष्ठलाई जीवितै उद्धार गरेको थियो ।

उद्धार गरिएकी श्रेष्ठ सामान्य बोलचाल गर्न सक्ने रहेको स्थानीय मिलन श्रेष्ठले जानकारी दिए । ‘मलाई दुख्यो भन्नुभएको छ थप दोहोरो कुराकानी भएको छैन । नेपाली सेनाले उपचारको लागि छाउनी अस्पताल लगेको छ,’ श्रेष्ठले भने ।  स्थानीय शशी डंगोलका अनुसार उनको घर बाढीले बगाएको थियो भने उनका श्रीमान् पनि बाढीमा बेपत्ता भएका थिए ।

“श्रीमान् र श्रीमती दुवै घरमा हुनुहुन्थ्यो । श्रीमान् पसलमा हुनुहुन्थ्यो, निस्कँदा सायद बाढीले बगायो । श्रीमती भान्सामा हुनुहुन्थ्यो । घरभित्र हुनुभएकोले वहाँ जीवित भेटिनुभयो।” श्रेष्ठको घरलाई त्रिशूलीको बाढीले बेत्रावती बजारको गोरु जुधाउने फाँटमा लगेर बजारेको थियो । ‘बिचमा कोही जान सकेको थिएन । आज भाग्यवश उहाँ जीवित भेटिनुभयो ।

त्रिशूली किनारको घर लगेर फलाखु किनारको सत्तरी फाँटमा बजारेको थियो,’ डंगोलले भने । श्रेष्ठको घर बेत्रावतीको घन्टाघरभन्दा करिब ६० मिटर तुप्चे जाने झोलुंगे पुलको मुखमा थियो । उद्धार गरिएकी श्रेष्ठ बेत्रावती बजारका चर्चित ‘भरत बाजे’ की बुहारी हुन् । श्रेष्ठका दुई छोरा, एक बुहारी र एक नातिनी छन ।

२० भाद्र २०८३, शनिबार १५:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा