Play

पोउबासंघको चुनाबी चर्चामा उपाध्यक्षका उमेदवार कुँवर र थापा, अनेक छन अड्कलबाजी

गुरुकुल खबर


पोखरा, पोखराका उधोगी ब्यबसायीहरुको छाता संस्था पोखरा उधोग बाणिज्य संघको आसन्न निर्बाचनमा उधोग तर्फको उपाध्यक्ष पदको लागि हुने प्रतिष्पर्धा रोचक र धेरैको चासो र चर्चाको विषय बनेको छ। उक्त पदमा संघको कार्यसमितिका बहालवाला सदस्य द्वय ललितबहादुर कुँवर र सौगात थापाको उमेदवारी परेको छ। उमेदवारी दिएका सौगात थापा संघका पुर्व अध्यक्ष एबम गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री बिन्दुकुमार थापाको छोरा भएकोले उनले यसलाई प्रतिष्ठाको विषय बनाएको भन्दै ब्यबसायीहरु माझ चर्चा चलिरहेको छ। यसका साथै बजारमा समेत अध्यक्ष बाहेक अन्य पदका उमेदवारहरुमध्ये थापा र कुँवरको उमेदवारीलाई लिएर अलि बढी चर्चा भैरहेको छ।

संघका पुर्व अध्यक्ष थापाले शुरुवातमा अन्य पुर्व अध्यक्षहरु संगै बसेर संघको अध्यक्षमा बलराम आचार्य अध्यक्ष सहित दिनेशचन्द्र बाँस्तोला बरिष्ठ उपाध्यक्ष, ललितबहादुर कुँवर उधोग उपाध्यक्ष,  मनोज श्रेष्ठ बाणिज्य उपाध्यक्ष, सुदिप प्रधानांग महासचिब, प्रदीप राजभन्डारी उपमहासचिब र देबेन्सन प्रजु कोषाध्यक्षमा उमेदवार रहेको प्यानल बनाउन भूमिका खेलेका थिए । संघका ७ जना पुर्व अध्यक्षहरु र उल्लिखित पदाधिकारीका उमेदवारहरुसंगै बसेर सहमतीमा पुगिएको भएपनि त्यसको केहि दिनमा नै थापाले आंफ्नो निर्णय परिवर्तन गर्न पुगेका थिए।

अन्य पुर्व अध्यक्षहरु र उल्लिखित पदाधिकारीका उमेदवारहरु संगै बसेर गरेको निर्णयलाई उनले उमेदवारको मनोनयन पत्र लिनु भन्दा अघिल्लो दिन बामपन्थी कित्ताका केहि उधोगी ब्यबसायीहरुसंग बसेर उल्लंघन गर्न पुगेका थिए । आंफ्नो छोरा सौगात थापालाई शोभा गौतम नेतृत्वको अर्को प्यानलमा  उधोग तर्फको उपाध्यक्ष बनाउने निर्णय गर्दै पुर्व मन्त्री थापाले पहिले आँफु र अन्य पुर्व अध्यक्षहरु समेत बसेर गरेको निर्णय बिपरित अर्को प्यानलमा मत माग्न थालेको आरोप लागेको छ ।

समय बित्दै जाँदा र चुनाबको दिन नजिक आउंदै गर्दा उनले पछिल्लो पटक बनाएको प्यानललाई समेत धोका दिंदै आंफ्नो छोरालाई मात्र मतदान गरे हुन्छ भन्दै बिभिन्न वडा र टोलमा पुगेको चर्चा ब्यबसायीहरु माझ चलिरहेको छ ।  ब्यबसायमा समेत संलग्न नेपाली काँग्रेसका एक कार्यकर्ताका अनुसार यतिबेला कांग्रेसबाट प्रदेशको मन्त्री बनेका बिन्दु थापाले मतदाता र पार्टीका कार्यकर्तालाई व्यक्तिगत रुपमा एबम संस्थागत रुपमा लोभ देखाउंदै मत माग्न थालेको छन।

थापा स्वयमले पहिले बनाएको प्यानलका एक पदाधिकारीका उमेदवारले गुरुकुल खबरसंग भने, बिन्दु दाइले मलाई पनि पटक पटक फोन गरेर आंफ्नो छोराको बारेमा भन्नुभयो, तर मैले वहाँलाई तपाईं आँफैले बनाइदिएको प्यानल हो यो अब मैले के गर्नसक्छु र ? भन्ने जवाफ दिएँ।’ उनका अनुसार हाम्रो प्यानल भत्काउन र हाम्रो बिचमा अबिश्वास पैदा गर्न पनि केहि व्यक्ति र प्रतिष्पर्धीबाट प्रयास भएका छन। यस कुरालाई बुझेर हाम्रो समूह थप संगठित र एकताबद्द बन्ने निचोडमा हामि पुगेका छौं।’

संघका पुर्व अध्यक्ष र प्रदेशको मन्त्री समेत बनिसकेको मान्छे उधोग बाणिज्य संघको चुनाबमा स्वयम् आँफैले गरेको निर्णयमा अडिग रहन नसकेर आंफ्नो छोरालाई जिताउन भन्दै अनेक सौदाबाजी गरेकोमा कतिपय पुर्व अध्यक्षहरु समेत असन्तुष्ट बनेका छन। ‘हामी बहुसंख्यक पुर्व अध्यक्षहरु बसेर संस्थाको गरिमा पनि नबिग्रोस र नेतृत्व लिन आउनेहरुमा पनि एक किसिमको निरन्तरताले काम गरोस भनेर आन्तरिक सहमती गरिएको हो। बिगतका चुनाबमा जस्तो हामी पुर्व अध्यक्षहरु आँफै चुनाबी प्रचारमा बाहिर निस्केको छैनौं, तसर्थ वहाँ (बिन्दु थापा) ले पनि यो कुरालाई ख्याल गरिदिए राम्रो हुने थियो। ‘ एक पुर्व अध्यक्षले गुरुकुल खबरसंग भने ।

कतिपयले भने पुर्वमन्त्री एबम संघका पुर्व अध्यक्ष थापाको अनाबश्यक चलखेलका कारण स्वयम सौगात थापालाई नै अप्ठेरो पर्नसक्ने आशंका पनि प्रकट गरेका छन। यस अगाडिका चुनाबमा थापाले जिताउने भन्दै सक्रियता देखाएका पात्रहरुले समेत सफलता पाउन नसकेको अबस्थामा यस पटक पनि त्यस्तै घटना दोहोरिने हो की भन्ने आशंका समेत उब्जिएको छ। यस अगाडी पुर्व अधयक्ष थापाले अध्यक्षमा समर्थन गरेका अर्जुन पोखरेल आंफ्ना प्रतिद्वन्दी गोकर्ण कार्कीसंग नराम्रोसंग पराजित भएका थिए।

त्यस अगाडी पनि थापाले समर्थन गरेका देब क्षत्री अध्यक्षमा पराजित भएका थिए भने उनको प्रयासमा संघको राजनीतिमा सक्रिय बन्न थालेका मिनराज काफ्ले समेत महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न नपाउंदै उधोग बाणिज्य संघको राजनीतिबाट पलायन हुनुपर्ने अबस्था सिर्जना हुनपुग्यो। तसर्थ उनको बढ्दो सक्रियता युवा उमेदवार सौगातको लागि नै घातक बन्ने त हैन भन्ने आशंका कतिपयको छ ।

यस्ता बिभिन्न कुराको नकारात्माक प्रभाव परेमा सौगात थापाको प्रतिद्वन्दी रहेका ललितबहादुर कुँवरले संघको उधोग तर्फको उपाध्यक्ष बन्ने अवसर पाउने सम्भावना छ । उनि संघमा प्रवेश गरेपछि आंफ्नो तर्फबाट समय उपलब्ध गराउने र श्रोत जुटाउने काममा समेत सक्रिय रहँदै आएका छन राजनीतिक र जातीय रुपमा एकै समूह एबम ब्यबसायिक रुपमा पनि उस्तै प्रकृतिको ब्यबसायमा संलग्न थापा र कुँवर संस्थाको कार्यसमितिको सदस्यको जिम्मेवारी पुरा गरेपछि एकैपटक उधोग तर्फको उपाध्यक्षको प्रतिष्पर्धामा अहिले जुटेका छन ।

संघको कार्यसमितिको सदस्य रहेको समयमा सौगात थापाले संस्थलाई दिएको समयका बारेमा समेत अहिले चर्चा र बहस भैरहेको छ। कतिपय सदस्य ब्यबसायीले युवा उमेदवार सौगात थापाले दुईपटक कार्यसमितिको सदस्य हुँदा संस्थालाई समय नदिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन। ‘हामीले मत दिएर जिताएको मान्छेले राम्रो काम गरोस भन्ने हाम्रो अपेक्षा हुनु स्वाभाविक हो, तर उधोग बाणिज्य संघले निकालेको विवरणमा उनको उपस्थिति र सक्रियता निकै कम देखिनु दुखद विषय हो।’ उनका शुभचिन्तक एक युवा ब्यबसायीले भने ।

अघिल्लो पटक पवनकुमार प्रजापती अध्यक्ष रहंदा मनोनित सदस्य रहेका सौगात थापाले त्यस कार्यकालमा भएका १५ वटा बैठक मध्ये ६ वटामा मात्र सहभागिता जनाएको संघको अभिलेखमा सुरक्षित छ। अझ आँफु बैठकमा उपस्थित हुन नसक्ने अबस्था भएमा त्यसको जानकारी समेत उनले नदिने गरेको उक्त अभिलेखमा देखिन्छ। संघको बिबरणमा उनले एउटा बैठकमा मात्र आँफु उपस्थित हुन नसक्ने जानकारी गराएको भन्ने कुराले उनले आंफ्नो पदीय जिम्मेवारीलाई कति महत्व दिएको छन भन्ने स्पष्ट हुन्छ।

गोकर्ण कार्की अध्यक्ष रहंदा समेत थापा कार्यसमितिको सदस्य थिए। त्यसबेला पनि उनको उपस्थिति अत्यन्त न्युन रहेको देखिन्छ। जस अनुसार उक्त कार्यकालमा भएका ३१ वटा बैठकमा थापाको उपस्थिति ५ वटा बैठकमा मात्र देखिन्छ। जब कि उनका प्रतिद्वन्दी ललितबहादुर कुँवरको उपस्थिति भने २५ वटा बैठकमा रहेको देखिन्छ। बर्तमान कार्यकालमा संघले गरेका ९६ वटा कार्यक्रम मध्ये सौगात थापाको उपस्थिति ४ वटा कार्यक्रममा मात्र रहेको र उनका प्रतिद्वन्दी ललित कुँवरको उपस्थिति ४५ वटा कार्यक्रममा रहेको देखिन्छ।

सम्बन्धित समाचार ..

पोउबासंघमा आचार्य नेतृत्वको प्यानल निश्चित, औपचारिक घोषणाको तयारी

१८ भाद्र २०८३, बिहीबार ११:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा