Play

बाढी पिडितको लागि रेबान पोखराको समन्वयमा ब्यबसायीद्वारा संकलित १२ लाख बढी हस्तान्तरण

गुरुकुल खबर


पोखरा, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका रेस्टुरेन्ट ब्यबसायीहरुको संस्था रेबान पोखराले यहि भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीबाट पिडितको उद्धार, राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

रेबान पोखराका महासचिब बिरेन्द्र शेरचनका अनुसार रेबान संस्थाको समन्वयमा लेकसाइड क्षेत्रका होटल एबम रेस्टुरेन्ट ब्यबसायीहरुबाट संकलित १२ लाख २५ हजार ७७६ रुपैया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको हो ।

उक्त रकममध्ये रेबान संस्थाको तर्फबाट ५० हजार एबम टेम्पल ट्री रिसोर्टबाट २ लाख ११ हजार १११,  माउन्ट कैलाश रिसोर्ट बाट २ लाख ५ हजार ५५५, टेम्पल बेल बुटिक रिसोर्टबाट १ लाख ५ हजार ५५५ रुपैया प्रदान गरेको छन। यसैगरी बिजी बी क्याफे, लेक म्याजेस्टिक लेक फ्रन्ट र जर्मन बेकरीबाट १/ १ लाख रुपैया सहित अन्य रेस्टुरेन्टले पनि आर्थिक सहयोग गरेको छन।

रेस्टुरेन्ट ब्यबसायीहरुको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा रकम जम्मा गरेको जानकारी दिनुको साथै पोखरा क्षेत्रमा पनि सम्भावित विपदबाट जोगिन प्रभावकारी उपाय अपनाउन सुझाब दिएको बुझिएको छ।

कास्कीका प्रजिअसंगको भेटघाटमा रेबानका अध्यक्ष विश्वराज पौडेल, पूर्व अध्यक्ष नरेश भट्टराई, उपाध्यक्ष द्वय बसन्त गौतम र बिकास भट्टराई र सुर्य भुजेल लगायतको टोली पुगेको महासचिब शेरचनले जानकारी दिए ।

१६ भाद्र २०८३, मंगलवार २०:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा