पोखरा, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका रेस्टुरेन्ट ब्यबसायीहरुको संस्था रेबान पोखराले यहि भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीबाट पिडितको उद्धार, राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
रेबान पोखराका महासचिब बिरेन्द्र शेरचनका अनुसार रेबान संस्थाको समन्वयमा लेकसाइड क्षेत्रका होटल एबम रेस्टुरेन्ट ब्यबसायीहरुबाट संकलित १२ लाख २५ हजार ७७६ रुपैया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा हस्तान्तरण गरिएको हो ।
उक्त रकममध्ये रेबान संस्थाको तर्फबाट ५० हजार एबम टेम्पल ट्री रिसोर्टबाट २ लाख ११ हजार १११, माउन्ट कैलाश रिसोर्ट बाट २ लाख ५ हजार ५५५, टेम्पल बेल बुटिक रिसोर्टबाट १ लाख ५ हजार ५५५ रुपैया प्रदान गरेको छन। यसैगरी बिजी बी क्याफे, लेक म्याजेस्टिक लेक फ्रन्ट र जर्मन बेकरीबाट १/ १ लाख रुपैया सहित अन्य रेस्टुरेन्टले पनि आर्थिक सहयोग गरेको छन।
रेस्टुरेन्ट ब्यबसायीहरुको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा रकम जम्मा गरेको जानकारी दिनुको साथै पोखरा क्षेत्रमा पनि सम्भावित विपदबाट जोगिन प्रभावकारी उपाय अपनाउन सुझाब दिएको बुझिएको छ।
कास्कीका प्रजिअसंगको भेटघाटमा रेबानका अध्यक्ष विश्वराज पौडेल, पूर्व अध्यक्ष नरेश भट्टराई, उपाध्यक्ष द्वय बसन्त गौतम र बिकास भट्टराई र सुर्य भुजेल लगायतको टोली पुगेको महासचिब शेरचनले जानकारी दिए ।
















