Play

बाढीमा परेका पर्वतका शिबप्रसाद लम्सालको कुशको आकृति बनाएर कालीगण्डकीमा अन्त्येष्टि

गुरुकुल खबर


पोखरा, भोटेकोशीमा आएको विनासकारी बाढीमा परेका पर्वतका शिबप्रसाद लम्सालको शव भेटिने आशा मरेपछि कुशको आकृति बनाएर दाहसंस्कार गरिएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेशीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ४८ बर्षिय लम्साल भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका थिए।

उक्त घटना पछि लम्सालका आँफन्तहरुले रसुवादेखि चितवनसम्म ६ दिनसम्म निरन्तर खोजी गर्दा पनि उनको जीवित शरीर वा शव नभेटिएको कारण कुशको आकृति बनाएर मंगलवार पर्बतको कालीगण्डकीमा दाहसंस्कार गरिएको हो । कुशको आकृति बनाएर उनको अन्त्येष्टि कर्म गर्दा गाउँलेहरुमा समेत रुवावासी छाएको थियो ।

उनको अन्त्येष्टि कर्ममा कालिगण्डकी किनारमा सयौ गाउँलेहरु तथा आफन्तजनहरु पुगेका थिए । धेरै दिनसम्म कुनै खबर नपाउँदा लम्सालकी श्रीमती, छोराछोरी, बाबुआमा समेतको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कारण कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरिएको शिबप्रसाद लम्सालका काका विकास लम्सालले जानकारी दिए ।

एनआईएमबी बैंकको स्याफ्रुबेशी शाखामा कार्यरत लम्साललाई भदौ १० गते बैंकभित्र काम गर्दैगर्दा बाढी आएपछि उनि पनि सम्पर्क बिहिन बनेका थिए । त्यसपछि गाउँबाट गएका आफन्तजन र सुरक्षाकर्मीहरुले निरन्तर खोजतलास गर्दा पनि उनको बारेमा केहि जानकारी नपाउँदा र भौतिक शरीर समेत नभेटिएपछि अन्तिम संस्कार गरिएको पत्रकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

१६ भाद्र २०८३, मंगलवार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा