Play

पोखरा प्रज्ञा प्रतिष्ठानमा नवनियुक्त पदाधिकारी एबम सदस्यहरुको शपथ एबम पदबहाली

गुरुकुल खबर


पोखरा, पोखरा प्रज्ञा प्रतिष्ठानको नवनियुक्त पदाधिकारी एबम सदस्यहरुलाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएका हुन् । आचार्यले कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ ले मेयर आचार्यबाट सपथ लिएपछि कुलपति प्रतीक्षाले उपकुलपति, सदस्य–सचिव र प्रज्ञा परिषद् तथा सभाका सदस्यहरूलाई सपथ गराएकी हुन् ।

सपथ लिएलगत्तै नयाँ टोलीले पोखराको पृथ्वीचोकमा नवनिर्मित पोखरा घरमा रहेको प्रतिष्ठानको कार्यालयमा पदभार समेत ग्रहण गरेको छ ।प्रतिष्ठानमा भाषा र साहित्य क्षेत्रबाट कुलपति बनेकी सरस्वती लालचन ‘प्रतीक्षा’ सँगै कला क्षेत्रका तिलक पुर्जा पुन मगरले उपकुलपति र लोकगीत अनि संगीत क्षेत्रका जीवन दाहालले सदस्य–सचिवको कार्यभार सम्हालेका छन् ।

प्रज्ञा परिषद् सदस्यका रूपमा नृत्यतर्फ श्रीजंग गुरुङ, ललितकलातर्फ हरेराम जोजेजु, संगीततर्फ दिलीप गायक र रंगमञ्चतर्फ प्रमिला ताम्राकार तुलाचनले सपथ लिएका छन् । त्यस्तै प्रज्ञा सभा सदस्यहरूमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ र नवराज अधिकारी छन् । प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रवीन्द्र माकाजु, रिता पहारी र शिवहरि ढुंगानाले पनि सभा सदस्यको सपथ लिएका छन्।

त्यस अबसरमा बोल्दै मेयर आचार्यले विभिन्न विधाका सर्जक र कलाकारहरू एउटै संस्थागत संरचनामा जोडिएकाले पोखराको प्राज्ञिक क्षेत्र थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । सहरको ऐतिहासिक र सांस्कृतिक गरिमा जोगाउन यो टोलीको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

३० श्रावण २०८३, शनिबार १६:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा