Play

एमबाप्पेको उच्च प्रदर्शन सहित डेम्बेलेको गोलले फ्रान्स विश्वकपको सेमीफाइनलमा

गुरुकुल खबर


काठमाडौं, कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २०१८ को विजेता तथा साविक उपविजेता प्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ । चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमिफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो ।

त्यही खेलको रिम्याचको रुपमा यस पटक प्रान्स र मोरक्को क्वाटरफाइनलमै भेट हुँदा अफ्रिकी टिम मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो । पहिलो हाफमा एमबाप्पे सहित फ्रान्सलाई रोक्न सफल भएपनि दोस्रो हाफमा भने मोरक्कोले दुई गोल बेहवर्‍यो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

बोनोको बचाउ

खेलको पहिलो हाफमा मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरे । उनले पेनाल्टीसहित तीन सेभ गरे । फ्रान्सका कप्तान एमबाप्पेले पहिलो हाफको २८ औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए । २५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।

एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए । फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गोलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे । खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए । यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।

गोल मेसिन एमबाप्पे

पहिलो हाफमा पेनाल्टीमा गवल गर्न असफल भएमा एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । उनले खेलको ६०औं मिनेटमा डिजायर डुएको पासमा गोल गर्दै प्रान्सलाई अग्रता दिलाएका थिए । यस विश्वकपमा एमबाप्पे गोल मेसिनको रुपमा देखिएका छन् र सर्वाधिक गोलकर्ताको होडमा पनि अघि छन् ।

उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी समान ८ गोल गरेका छन् । डेम्बेलेको गोलमा असिस्ट समेत गरेका एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरेका छन् । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन् । मेसीको  ८ गोल र १ असिस्ट छ ।  यस्तै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्‍याएका छन् । जुन मेसीको भन्दा एक गोल कम हो ।

यस्तै एमबाप्पेले गोल गरेको ६ मिनेटपछि उसमान डेम्बेले गोल गर्दै फ्रान्स अग्रता दोब्बर पारे । उनले कप्तान एमबाप्पेको पासमा गोल गरेका हुन् । यस विश्वकपमा डेम्बेलेको यो पाँचौ गोल हो र उनी सर्वाधिक गोल गर्नेमा पनि पाँचौ स्थानमा छन् । दोस्रो हाफमा फ्रान्सले गोल गर्ने अन्य अवसर पनि बनाएको थियो तर सदुपयोग गर्न सकेन ।

२६ असार २०८३, शुक्रबार ०६:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा