Play

कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई दिईने

गुरुकुल खबर


पोखरा, राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १५ हजार रुपैया र सम्मानपत्र रहेको छ ।

समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ । पोखराको पत्रकारिताको क्षेत्रमा रहेर कौराहा सहित मगर समुदायको संस्कार र संस्कृतिको विषयमा लामो समयदेखि कलम चलाउँदै
आइरहेकी थापालाई यो वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनौट समितिका संयोजक श्रीसले बताए ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा असार २६ गते शुक्रबार पोखरामा एक कार्यक्रममा पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीसले जानकारी दिए । यस पुरस्कारबाट यस  अघि कमला रानामगर, तिलक पुनमगर, प्रताप रानामगर, खेम सारुमगर, एमबी आस्थामगर, मनोज घर्तीमगर, रुद्र श्रीसमगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन् ।

२४ असार २०८३, बुधबार ०९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा