पोखरा, कास्की क्षेत्र न.३ को ख प्रदेशबाट निर्बाचित गण्डकी प्रदेश सभाका सदस्य एबम प्रदेश सांसद प्रकाश बरालले गण्डकी प्रदेश सरकार अन्तर्गत बिभिन्न मन्त्रालयले उक्त प्रदेश भित्र आगामी आर्थिक बर्षको लागि तय गरेका बिभिन्न २ सय १३ योजनामध्ये ६० भन्दा बढी योजना आंफ्नो वडामा पार्न सफल भएका छन। कास्की -३ को प्रदेश ख मा पोखरा महानगरपालिकाका ११ वडा र अन्नपूर्ण गाउँपालिकाका ६ वडा गरि १७ वडा रहेको छन । तर प्रदेश सरकारले तय गरेका बिभिन्न योजनाहरु मध्ये ३० प्रतिशत योजनाहरु वडा न, २२ पुम्दीमा मात्र पार्न बराल सफल भएका छन उनि नेपाली काँग्रेसबाट निर्बाचित प्रदेश सांसद हुन।
प्रदेश सांसद बरालको सचिवालयले सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेको विवरणमा उल्लेख गरिएअनुसार सामाजिक बिकास, युवा तथा खेलकुदतर्फ त्यस प्रदेशमा ५२ वटा योजनालाई मात्र छनोट गरिएकोमा प्रदेश सांसद बरालले आंफ्नो वडामा मात्र २१ वटा योजना अर्थात ४१ प्रतिशत योजना पार्न सफल भएका छन । यसका साथै प्रदेश सांसद बरालको वडामा पारिएका अधिकांश योजनामा बजेट समेत सोहि अनुपातमा बिनोयोजन गरिएको छ भने अन्य वडामा योजना पारिएको भएपनि अधिकांश योजनामा बजेट कम राखिएको छ।
यसैगरी गण्डकी प्रदेश सरकारको उर्जा जलश्रोत र खानेपानीतर्फ उक्त प्रदेशमा ४५ वटा योजना रहेकोमा १३ वटा योजना अर्थात २९ प्रतिशत योजना पोखरा -२२ अर्थात प्रदेश सांसद बरालको वडामा पारिएको छ। यसैगरी भौतिक पूर्वाधारतर्फ जम्मा ८१ वटा योजना प्रदेश सरकारले उक्त प्रदेशमा पारेकोमा पोखरा -२२ मा मात्र २१ वटा योजना पारिएको छ।
बन तथा बाताबरणतर्फ भने प्रदेश सरकारले उक्त प्रदेशमा थोरै योजना तय गरेको देखिएको छ जस अनुसार आगामी आर्थिक बर्षको लागि बन तथा बाताबरणतर्फ ११ वटा योजना छनोटमा परेकोमा प्रदेश सांसद बरालको वडा पोखरा -२२ मा मात्र ४ वटा योजना पारिएको छ।
यसरि छनोट गरिएका योजनाहरुमध्ये प्रदेश सांसद बरालको वडा पोखरा -२२ मा ६३ वटा योजना पर्दा उक्त प्रदेश अन्तर्गत पर्ने पोखरा -५ मा ४ वटा योजना मात्र पारिएको छ भने वडा न. ६ मा २ वटा योजना मात्र पारिएको छ। यसैगरी पोखरा वडा न. २३ मा २२ वटा योजना पारिएको छ भने वडा न. २४ मा १५ वटा योजना पारिएको छ।
कास्कीको अन्नपुर्ण गाउँ पालिका अन्तर्गतका वडा न. १ मा ११ वटा, वडा न. २ मा ४ वटा, वडा न. ३ मा ८ वटा मात्र योजना पारिएको छ। यसैगरी अन्नपूर्ण गाउँपालिका वडा न. ४ मा २५ वटा योजना, वडा न. ५ मा ६ वटा योजना, वडा न. ७ मा ५ वटा, वडा न. ८ मा १५ वटा योजना र वडा न. ९ मा ४ वटा योजना मात्र पारिएको छ यसैगरी अन्नपूर्ण गाउँपालिका -१० मा ४ वटा र वडा न. ११ ,मा पनि ४ वटा मात्र योजना पारिएको छ।
मन्त्रालयगत रुमपा हेर्ने हो भने सामाजिक विकास तथा युवा तथा खेलकुद तर्फ प्रदेश सांसद बरालको वडा पोखरा -२२ मा २१ वटा योजना पारिएको भएपनि अन्नपुर्ण गाउँपालिकाको वडा न.३ र ५ मा कुनै योजना पारिएको छैन। यसैगरी अन्नपुर्णको वडा न. २, वडा न. ६, वडा न. १० र वडा न. ११ मा १/ १ वटा योजना पारिएको छ। यसैगरी सोहि पालिकाको वडा न. ७ र वडा न. ८ मा ३ / ३ वटा, वडा न. १ मा ४ वटा, वडा न. ४ मा ८ वटा योजना पारिएको छ । पोखरा महानगरपालिकाका वडा हरुमध्ये वडा न. ५ र ६ मा १ / १ वटा, वडा न. २३ र २४ मा २/२ वटा मात्र योजना परेका छन जबकी पोखर -२२ अर्थात सांसद बरालको वडामा मात्र २१ वटा योजना परेका छन।
उधोग मन्त्रालय तर्फ पोखरा -२२ मा ४ वटा योजना पर्दा अन्नपुर्ण -६ र ८ मा ३ /३ वटा, अन्नपुर्ण -४ मा १ वटा र वडा न. ११ मा २ वटा तथा पोखरा -५ मा १ वटा, पोखरा -२३ मा २ वटा र पोखरा २४ मा ३ वटा योजना परेको छन। तर, अन्य ११ वटा वडामा उक्त मन्त्रालय अन्तर्गत कुनै बजेट र योजना पारिएको छैन यसैगरि बन तथा बाताबरणतर्फ पनि वडा न. २२ को तुलनामा अन्य वडामा कम योजना छन। जस अनुसार वडा न. २२ मा ३ वटा मात्र योजना परेकोमा पोखरा -२३ र ६ को साथै अन्नपुर्ण -३ र ७ मा १/१ वटा योजना परेको छन भने वडा न. ८ मा २ वटा योजना परेको छन अन्य ११ वटा वडामा भने उक्त मन्त्रालय अन्तर्गत कुनै योजना पारिएको छैन ।
भौतिक बिकास तथा पूर्वाधार मन्त्रालय अन्तर्गत पनि प्रदेश सांसद बरालले आंफ्नो वडामा २० वटा योजना पारेको छन। तर, पोखराको वडा न. ६ सहित अन्नपूर्ण गाउँपालिकाको वडा न. ७ र ११ मा कुनै पनि योजना पारिएको छैन । अन्य वडाहरुमध्ये पोखरा -५ मा २ वटा, पोखरा -२३ मा ९ वटा, पोखरा -२४ मा ५ वटा, अन्नपुर्ण – १ मा ४ वटा, अन्नपुर्ण -२ मा २ वटा, अन्नपुर्ण -३ मा ५ वटा, वडा न. ४ मा ९ वटा, वडा न. ५ मा ३ वटा, वडा न. ७ मा १ वटा, वडा न. ८ मा ४ वटा, वडा न. ९ मा २ वटा र १० मा ३ वटा योजना पारिएको छ।
यसैगरी उर्जा जलश्रोत तथा खानेपानी तर्फ पनि बरालको वडामा १२ वाट योजना पर्दा पोखरा -५ , पोखरा -६ सहित अन्नपूर्णको वडा न. ६, वडा न. ९ र वडा न. १० मा कुनै योजना पारिएको छैन। तर, अन्नपूर्ण – १मा २ वटा, वडा न. २ मा १ वटा, वडा न. ३ मा २ वटा, वडा न. ४ मा ७ वटा, वडा न. ५ मा ३ वटा, वडा न. ७ मा १ वटा, वडा न. ८ मा ३ वटा, र वडा न. ११ मा १ वटा योजना पारिएको छ उक्त मन्त्रालय अन्तर्गत पोखरा २४ मा ५ वटा र वडा न. २३ मा ८ वटा योजना पारिएको विवरणमा उल्लेख छ।
प्रदेश सांसद बरालले जितेको प्रदेश अन्तर्गतका वडाहरु मध्ये पोखरा -२३ सबै भन्दा ठुलो भूगोल भएको र पक्कि सडक समेत अत्यन्त कम भएको वडा हो भने पोखरा -६ राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पर्यटकीय क्षेत्रको रुपमा परिचित लेकसाइड समेत पर्ने वडा हो। यसबाहेक अन्नपूर्ण गाउँपालिका विश्वमै ट्रेकिंग र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको क्षेत्र हो घान्द्रुक छोम्रोंग र लुम्ले लगायतका पर्यटकीय क्षेत्र रहेको र अन्नपुर्ण आधार शिबिर समेत पर्ने यस प्रदेशमा फेवाताल र पन्चासे अनि एतिहासिक ठाउ कास्कीकोट लगायतका क्षेत्र पर्छन।
त्यस्ता ऐतिहासिक र पर्यटकीय महत्वका क्षेत्रको संरक्षण र प्रबर्द्दनमा तथा आबश्यकता र प्राथमिकताको आधारमा भन्दा आंफ्नो भूगोलमा मात्र बजेट र योजना पार्ने प्रवृति बराल सहित अधिकांश प्रदेश सांसदहरुमा देखिएको छ। यस्तो प्रवृतिको कारण समग्र ब्यबस्था र प्रणालीप्रति नै नागरिकको बिश्वास घट्ने मात्र नभएर असन्तुष्टि र आक्रोश बढ्ने सम्भावना हुन्छ यस तर्फ सरकारमा बस्नेहरु वा जिम्मेवारीमा बस्नेहरुमा गम्भीर चिन्तन आबश्यक हुन्छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभामा पहिले सचेतक र हाल प्रमुख सचेतक बनाएका प्रदेश सांसद बरालको विशेष पहलमा उनको वडामा आर्थिक बर्ष २०८३/८४ का लागि उल्लिखित योजनाहरु पारिएको र यसमा गण्डकी प्रदेशका मुख्यमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसमेतले सामुहिक पहल गरिदिएको भन्दै बरालको सचिवालयले सामाजिक संजालबाट उनीहरु सबैप्रति आभार प्रकट गरेको छ ।
केहि योजनाको विवरण ..



















