पोखरा, नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् । सभापति थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जनाएका छन ।
सभापति थापाले १४ औं महाधिबेशनबाट निर्बाचित दुईजना पदाधिकारीहरु र अरु केन्द्रिय सदस्यलाई अहिलेको कार्यसमितिमा मनोनित गरेका हुन यस अगाडीको कार्यसमितिमा सहमहामन्त्री रहेका कास्कीका जीबन परियार र धनुषाका महेन्द्र यादवलाई केन्द्रीय समितिको सदस्यमा मनोनीत गरिएको छ । परियारलाई कांग्रेस नेता डा. शेखर कोइराला निकट र पूर्व सहमहामन्त्री यादवलाई पूर्वसभापति देउवा निकट नेताको रुपमा चिनिन्छ ।
मनोनीत हुने अन्य केन्द्रीय सदस्यहरुमा उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी),राजीव ढुङ्गाना ( सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन्।
त्यस्तै डा. शेखर समूहबाट केन्द्रीय सदस्य मनोनीत हुनेमा सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा.चन्द्रकान्त भण्डारी ( गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) छन् ।













