Play

कांग्रेस सभापति थापाद्वारा देउवा निकटका १२ र कोइराला निकटका ७ गरि १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् ।  सभापति थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जनाएका छन ।

सभापति थापाले १४ औं महाधिबेशनबाट निर्बाचित दुईजना पदाधिकारीहरु र अरु केन्द्रिय सदस्यलाई अहिलेको कार्यसमितिमा मनोनित गरेका हुन  यस अगाडीको कार्यसमितिमा सहमहामन्त्री रहेका कास्कीका जीबन परियार र धनुषाका महेन्द्र यादवलाई केन्द्रीय समितिको सदस्यमा मनोनीत गरिएको छ । परियारलाई कांग्रेस नेता डा. शेखर कोइराला निकट र पूर्व सहमहामन्त्री यादवलाई पूर्वसभापति देउवा निकट नेताको रुपमा चिनिन्छ ।

मनोनीत हुने अन्य केन्द्रीय सदस्यहरुमा उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी),राजीव ढुङ्गाना ( सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन्।

त्यस्तै डा. शेखर समूहबाट केन्द्रीय सदस्य मनोनीत हुनेमा सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा.चन्द्रकान्त भण्डारी ( गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) छन् ।

२८ बैशाख २०८३, सोमबार १८:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा