Play

कांग्रेसका भातृसंस्थामा नियुक्ति: नेविसंघको नेतृत्वमा पहिलो महिला ‘करुणा’, तरुण दलमा मनिष र महिला संघमा मिना

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका तीनवटा भ्रातृ संस्थामा नयाँ नेतृत्व चयन गरेका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले तीनवटा प्रमुख भातृसंस्थाको नेतृत्व चयन गरेको बुझिएको छ

जस अनुसार, नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई जिम्मेवारी दिईएको बुझिएको छ। खरेल यस अगाडीको प्रतिनिधि सभा निर्बाचनमा चितवनमा रबि लामिछानेसंग चुनाबी प्रतिष्पर्धा गरेकी थिईन।

उनीहरूलाई महाधिवेशन गराउने जिम्मेवारीसहित नयाँ भातृसंस्था हाँक्ने जिम्मेवारी दिइएको हो।

नेविसंघमा पहिलो महिला अध्यक्ष 

नेविसंघको लामो इतिहासमा करुणा कटुवाल पहिलो महिला अध्यक्ष बनेकी छन् । विद्यार्थी राजनीतिमा पुरुष नेतृत्वको वर्चस्व रहँदै आएको अवस्थामा उनको उदयलाई काँग्रेसभित्र पुस्तान्तरण र महिला नेतृत्व विस्तारको सङ्केतका रूपमा हेरिएको छ । २०५७ सालमा जन्मिएकी कटुवाल १४ वर्षको उमेरमै एसएलसी परीक्षा दिएपछि नेविसंघको राजनीतिमा सक्रिय बनेकी थिइन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअघि नै उनले पार्टीको क्रियाशील सदस्यता लिएकी थिइन् ।

१४औँ महाधिवेशन प्रतिनिधिसमेत रहेकी कटुवाल नेपाली काँग्रेसभित्र सभापति गगन थापा निकट नेतृका रूपमा चिनिन्छिन् । पछिल्लो समय पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेर बहस र नेतृत्व समेत गरिरहेकी उनी वैचारिक रूपमा सक्रिय युवा नेतृका रूपमा स्थापित हुँदै आएकी छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी छन् भने कानुनकी समेत विद्यार्थी हुन् । राजनीति, शैक्षिक बहस र संवैधानिक अधिकारबारे उनको धारणा स्पष्ट देखिन्छ ।

कटुवालले पछिल्लो समय विद्यार्थी सङ्गठनहरू शैक्षिक मुद्दाबाट केही टाढिएको स्वीकार गर्दै आएकी छन् । उनका अनुसार विभिन्न आन्दोलनका नाममा शैक्षिक संस्थाभित्र हुने उच्छृङ्खल गतिविधिका कारण आम विद्यार्थीमा नकारात्मक दृष्टिकोण बनेको यथार्थ हो । तर, यही आधारमा सम्पूर्ण विद्यार्थी सङ्गठन र त्यसमा आबद्ध युवालाई गलत ठहर गर्न नहुने उनको तर्क छ ।

केही दिन अघि मात्रै उनले सामाजिक सञ्जालमा नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सङ्गठित हुने तथा सङ्घ संस्था खोल्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै धारा १७ अन्तर्गतको “सङ्घ तथा सङ्गठन खोल्ने स्वतन्त्रता” लाई लोकतान्त्रिक अधिकारको मूल आधार मानेकी छन् । विश्वविद्यालय केवल पठनपाठन गर्ने थलो मात्र नभई वैचारिक बहस, विमर्श र चेतना निर्माण गर्ने केन्द्र भएको उनको भनाइ छ ।

नेविसंघको इतिहास हेर्दा सङ्गठनले नेपाली राजनीतिलाई धेरै प्रभावशाली नेता दिएको छ । संस्थापक अध्यक्ष विपिन कोइरालादेखि सुरु भएको नेतृत्व यात्रामा शेरबहादुर देउवा, विमलेन्द्र निधि, एनपी साउद, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका नेताहरूले सङ्गठनको नेतृत्व गरिसकेका छन् । पछिल्लो पटक दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

२५ बैशाख २०८३, शुक्रबार ०८:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा