Play

कांग्रेस संसदीय दलको नेता चयनको लागि आज छलफल

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले प्रतिनिधिसभामा संसदीय दलको नेता चयनका लागि आज आफ्ना सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।

दलको नेता चयनका लागि कांग्रेसले गठन गरेको समितिले आज शुक्रबार दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए।

फागुन २१ को निर्बाचन सम्पन्न भएपछि सबै दलले संसदीय दलको नेता चयन गरेर आंफ्ना गतिबिधि अगाडी बढाएको भएपनि आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसले अझै पनि दलको नेता चयन गर्न सकेको छैन।  प्रतिनिधिसभामा दोस्रो ठूलो दल बनेर प्रमुख प्रतिपक्षी बनेको नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन्।

कांग्रेस संसदीय दलको नेतामा कांग्रेसका पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र भीष्मराज आङदम्बेको साथै मोहन आचार्यले दाबी गर्दै आएका छन्। यसका साथै कतिपयले कांग्रेसका युवा सांसदहरु योगेश गौचन, सन्दिप राना, निष्कल राई, बिष्णु खड्का लगायतको नाम पनि संसदीय दलको नेतामा चर्चा गर्न थालेका छन।

४ बैशाख २०८३, शुक्रबार १२:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा