Play

पुस्तक बेच्दै गरेका डा. महाबिर पुनलाई अभद्र व्यवहार गरेको भन्दै पोखरा -१३ का विकास गुरुङ पक्राउ

गुरुकुल खबर


पोखरा, म्याग्दी जिल्लाबाट प्रतिनिधिसभामा निर्बाचित सांसद डा. महाबिर पुनलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  डा. महाबिर पुनसहितको टिमले गत सोमबार “महाबिर पुन सम्झना, सपना र अविरल यात्रा” नामको पुस्तक पोखराको पृथ्वीचोकमा बिक्री गरिरहेको अवस्थामा एक जना अपरिचित युवाले अपशव्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक संजालमा सार्बजनिक भएपछि प्रहरीले ति युवाको खोजि शुरु गरेको थियो ।

प्रहरीका अनुसार ति युवा कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ बर्षिय विकास गुरुङ रहेका छन। उनले जनताबाट सांसद निर्बाचित भएर पनि बाटो बाटोमा पुस्तक बिक्रि गर्नु राम्रो नभएको अभिव्यक्ति दिएपछि पुन र गुरुङको बिचमा भनाभन भएको सार्बजनिक भएको भिडिओमा देखिन्छ त्यसपछि दुबै जनाले थु थु गर्दै थुकेको पनि देखिन्छ ।

ति युवालाई बिहिबार पोखराको महेन्द्रपुलबाट पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका युवक विकास गुरुङ यस अगाडी तीनपटक सम्म लागु औषध मुद्दामा पक्राउ परेर सजाय भोगेको प्रहरी अभिलेखबाट देखिन आएको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरीबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

२८ फाल्गुन २०८२, बिहीबार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा