काठमाडौँ, नेपाली कांग्रेसका पुर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवैलाई भोट हाल्न अनुरोध गरेका छन । खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन ।
‘‘यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन । उनले निर्वाचन शान्तिपुर्ण र निष्पकक्ष रुपमा सम्पन्न हुुनुपर्दछ भन्दै यसका लागि माग तथा शुभकामना गरेका छन ।
आगामी बिहिबार बिहान ७ बजेदेखि मतादान शुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सवै मतदातालाई आह्वान गरेका छन् ।
यस अगाडी नेपाली काँग्रेसका पुर्ब सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुलाई निर्देशन दिएको सार्बजनिक भैसकेको छ ।















