Play

भक्तपुर -२ मा महेश बस्नेत सहितका उमेदवारलाई पराजित गर्ने कांग्रेस उमेदवार राणाको बिश्वास

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्लाको क्षेत्र न. २ का उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू अनुभवहीन र परिपक्व नभएको बताउंदै फागुन २१ को चुनाबमा आंफ्नो जीत हुने दाबि गरेका छन ।

बिहिबार कांग्रेस उमेदवार राणाले पत्रकार सम्मेलनको आयोजना गरि आफूले राजनीतिमा लाग्दा धेरै समय दिएको र चुनौती पनि धेरै भोगेको बताए  उनले उक्त क्षेत्रबाट उमेदवार बनेका अन्य प्रतिस्पर्धीहरूको अनुभव आंफ्नो जति नभएको उल्लेख गरे।

उनले थपे, ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही छैन। त्यसैले हाम्रो जित्ने आधार स्पष्ट र धेरै छ। विगतमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छौँ, अहिले पार्टी एक ढिक्का छ, त्यसैले पनि जित सुनिश्चित छ।’

भक्तपुर–२ मा अहिले एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा दीपशिखा, र रास्वपाबाट राजीव खत्री लगायतका नेताहरु उम्मेदवार रहेका छन्।

 

२२ माघ २०८२, बिहीबार १८:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा