काठमाडौँ, नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्लाको क्षेत्र न. २ का उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू अनुभवहीन र परिपक्व नभएको बताउंदै फागुन २१ को चुनाबमा आंफ्नो जीत हुने दाबि गरेका छन ।
बिहिबार कांग्रेस उमेदवार राणाले पत्रकार सम्मेलनको आयोजना गरि आफूले राजनीतिमा लाग्दा धेरै समय दिएको र चुनौती पनि धेरै भोगेको बताए उनले उक्त क्षेत्रबाट उमेदवार बनेका अन्य प्रतिस्पर्धीहरूको अनुभव आंफ्नो जति नभएको उल्लेख गरे।
उनले थपे, ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही छैन। त्यसैले हाम्रो जित्ने आधार स्पष्ट र धेरै छ। विगतमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छौँ, अहिले पार्टी एक ढिक्का छ, त्यसैले पनि जित सुनिश्चित छ।’
भक्तपुर–२ मा अहिले एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा दीपशिखा, र रास्वपाबाट राजीव खत्री लगायतका नेताहरु उम्मेदवार रहेका छन्।















